अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

विश्वकपको पुरस्कार राशि चालिस करोड अमेरिकी डलर

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते ०:०३ मा प्रकाशित

फुटबलको अन्तर्राष्ट्रिय महासङ्घ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशिमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालिस करोड अमेरिकी डलर बनाउने भएको छ ।
फिफाले पुरस्कार राशि बढाइएको विषयमा शुक्रवार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।

ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसै गरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।

विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए ।

विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानुनलाई शुक्रवार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मूल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।

त्यसै गरी परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ ।
सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा सुरु भई जुलाई ७ मा सकिने छ । (रासस÷एएफ्पी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू