अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

पोखरामा टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

बिआरटीनेपाल २०७४ कार्तिक १० गते २३:५३ मा प्रकाशित

राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रवार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख २५ हजार ४५६ र द्वितीय हुनेले रु ५४ हजार ३२१ का साथमा ट्रफी र पदक प्राप्त गर्नेछन् ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू