अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग

बिआरटीनेपाल २०७४ कार्तिक १० गते ६:२५ मा प्रकाशित

पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरिएको छ । शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिको सहसंयोजकमा रामप्रसाद वस्ताकोटी, पदमबहादुर कार्की, क्याप्टेन फमबहादुर शाही, गणेश बराईली, राजु परियार चयन भए ।

सचिवमा अशीलकुमार शाही छन् भने सदस्यमा शेर उच्चै ठकुरी, श्यामबहादुर श्रेष्ठ, गोविन्दबहादुर खाँण, रतन मल्ल, उत्तम जोशी, तीर्थप्रसाद अधिकारी, दया बराल, दिलनाथ अधिकारी, रामजीप्रसाद बराल, संगीता तिम्सिना र पार्वती पौड्याल छन् ।

चार सदस्यीय सल्लाहकारमा प्राडा दिलबहादुर क्षत्री, डा नारायण अधिकारी, प्राडा चन्द्रबहादुर थापा र नेत्रबहादुर सेन छन् ।

सुरुवातमा पृथ्वीनारायण शाहको शालिक रहेकोमा उक्त स्थानमा नेपालका प्रथम शहीद लखन थापाको शालिक राखिएको थियो ।

यसैक्रममा सवारी चापलाई ध्यान दिँदै आइल्याण्ड हटाउने क्रममा शालिकसमेत हटाइएकोमा पुनः उक्त स्थानमा थापाकै शालिक राख्ने गरी पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र मगर संघको निर्णयले आफूहरु मर्माहित भएको भन्दै उक्त स्थानमा शालिक राखिए पृथ्वीनारायण शाहकै शालिक राखिनुपर्ने माग संघर्ष समितिको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू