अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

नेपाली मूलका युवा अमेरिकी स्थानीय चुनावका उमेद्धार

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते ११:१८ मा प्रकाशित

अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका एक युवाले उमेद्धारी दिएका छन् । न्यूह्यामसर राज्यको म्यान्चेष्टरमा बस्दै आएका माधव गुरुङले स्थानीय म्यान्चेष्टर सहर नगरपालिकाको वार्ड नं. १२ को सेलेक्टम्यान पदमा उमेद्धारी दिएका हुन् । सेलेक्टम्यान पद नेपालको नगरपालिकाको वार्ड सदस्यजस्तै पद हो ।

गुरुङलाई डेमोक्रेटिक पार्टीले उक्त पदको लागि उमेद्धारको रूपमा चयन गरेको हो । आगामी नोभेम्बर ७ तारिखका दिन सम्पन्न हुने चुनावमा गुरुङले अन्य ६ जना उमेद्धारहरुसँग प्रतिस्पर्धा गर्नेछन् । ३ सेलेक्टम्यान पद रहेको उक्त वडामा डेमोक्र्याट र रिपब्लिकन पार्टीका ३/३ जनाले उमेद्धारी दिएका छन् ।

‘अमेरिकी मूलधारका प्रमुख पार्टीले आप्रबासी मूलका मानिसहरूलाई पत्याएर टिकट दिनु प्रमुख कुरा हो, जित्नु वा हार्नु दोस्रो कुरा हो’ उमेदवार गुरुङले भने ।

गुरुङ सन् २०१२ यता डेमोक्र्याट पार्टीको स्थानीय तहमा क्रियाशील छन् । ‘मैले यो अवसर पाएकोमा एकदमै हर्षित छु’ गुरुङले थपे ‘यो अवसरले हामीजस्ता आप्रबासीहरुलाई पहिचान मात्रै दिलाएको छैन, आप्रबासीहरुसँग पनि राजनैतिक नेतृत्व गर्ने क्षमता छ भनेर मूलधारका पार्टीले पत्याएका छन्, उसमाथि नेपाली मूलका अमेरिकनहरुलाई यो अवसले उत्साहित बनाएको छ ।’

नेपालको इलाममा जन्मिएका गुरुङ विगत १० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । साउदर्न न्यूह्यामसर युनिभर्सिटीका विद्यार्थीसमेत रहेका गुरुङ न्यूह्यामसर नेपाली समाजका सचिव, गुरुङ (तमु) समाज न्यूह्यामसरका महासचिव तथा न्यूह्यामसर पब्लिक रेडियोका सञ्चालन सदस्य हुन् ।

गुरुङ न्यूह्यामसर राज्यका देस्रो डेमोक्र्याटिक उमेदवार हुन् । यसअघि गतबर्षको चुनावमा नेपाली मूलकै स्थानीय मदलशा गुरुङलाई स्टेट रिप्रेजेन्टेटिभ (राज्य प्रतिनिधि) को रूपमा उमेदवार बनाएको थियो । खासोखासबाट

प्रतिक्रिया