अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

उद्योग बाणिज्य महासंघ ‘प्रोडक्टिभीटी एण्ड इन्नोभेसन’ समिति सभापतीमा मनिषलाल प्रधान नियुक्त

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते ६:५६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समितिको रुपमा प्रोडक्टिभीटि एण्ड इन्नोभेसन समिती गठन गरेको छ । महासंघको निर्वाचन सम्पन्न भएको झण्डै छ महिना पछि उक्त समिती गठन गरिएको हो ।

महासंघको विद्यान को दफा ‘३८ ग’ अनुसार यो समिति गठन गरिएको छ । उक्त समितीमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं पूर्व बाग्मती अञ्चल संयोजक मनिष लाल प्रधानलाई समितीको सभापतीमा नियुक्त गरिएको महासंघले जनाएको छ ।

नवगठित समितीले औद्योगिक एवं व्यवशायिक क्षेत्रको उत्पादकत्व बृद्धि गर्ने कार्यमा प्रभावकारी एवं जिम्वेदार पूर्णढंगले भूमिका बहन गर्ने जनाईएको छ ।
यो महासंघको अन्तिम समिती हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू