अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 07:07

रामेछापमा बागी उम्मेदारी दिएका माओवादी नेताहरुले उम्मेद्वारी फिर्ता लिए

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते ६:३६ मा प्रकाशित
टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै रामेछापमा बागी उम्मेदारी दिएका माओवादी नेताहरुले उम्मेद्वारी फिर्ता लिएका छन् ।

जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकासले प्रदेश क मा, पोलिटव्यूरो सदस्य मैनकुमार मोक्तानले प्रदेश ख मा उम्मेदवारी दिएका थिए ।

त्यसैगरी पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा, पार्टी नेताहरुले अशन्तुष्ट माओवादी नेता युवराज चौलागाई सहित बागी उम्मेदवारहरुसँग छलफल गरेपछि उनीहरुले उम्मेद्वारी फिर्ता लिएकाे  जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू