अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

अमेरिकी विदेशमन्त्री टिलर्सन् पाकिस्तानहुदै भारत

बिआरटीनेपाल २०७४ कार्तिक ८ गते ६:२१ मा प्रकाशित

 

बुधबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने
(रासस÷एएफपी) ः अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट यहाँ पुग्नुभएको हो ।

उहाँले नयाँ दिल्ली पुगेपछि यहाँका विशिष्ठ नेताहरुसँग भेटवार्ता पनि सुरु गर्नुभएको समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसार उहाँले आफ्ना भारतीय समकक्षी सुषमा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुहुने छ ।

नयाँ दिल्लीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार बुधबार उहाँले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबालसँग भेट गर्नुभएको छ ।

उहाँले यहाँ गर्नुहुने उच्चस्तरीय भेटवार्तामा भारत अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल हुनेछ । साथै पछिल्लो समयमा बढिरहेको भनिएको चिनियाँ प्रभावका बारेमा पनि उहाँहरुबीच कुराकानी हुने बताइएको छ ।

पाकिस्तानमा छँदा भने उहाँले बढ्दो आतङ्ककारी क्रियाकलापको नियन्त्रण र यसका लागि पाकिस्तानको भूमिकाको बारेमा यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग वार्ता गर्नुभएको थियो ।

अमेरिकाले यसअघि देखि नै पाकिस्तानले अफगानिस्तानमा आतङ्क मच्चाइरहेका तालिबानहरुलाई पाकिस्तानी भूमिमा संरक्षण दिएको आरोप लगाउदै आएको थियो ।

यस पटक पनि उहाँले पाकिस्तानका बारेमा सोही टिप्पणी गर्नुभएको थियो । सो प्रतिक्रियापछि पाकिस्तानी विदेशमन्त्रीले अफगानिस्तानका तालिबानबारेको अमेरिकी धारणा परिवर्तन गर्न वा पुनरावलोकन गर्न उहाँलाई आग्रह गर्नुभएको थियो ।

साथै उहाँले पाकिस्तानबाट आतङ्ककारी क्रियाकलापहरुको अन्त्यका लागि पाकिस्तानले थप प्रयत्नहरु अघि बढाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश रहेको बताउनुभएको थियो ।

गत हप्तामात्र एक प्रसंगमा अमेरिकी विदेशमन्त्री टिलर्सनले एसियामा चीनको प्रभाव पछिल्लो समयमा निकै बढिरहेकोले भारत र अमेरिकाजस्ता प्रजातन्त्रवादी देशबीचको सम्बन्ध थप बलियो हुनुपर्ने धारणा राख्नुभएको थियो । (रासस\एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू