अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

अमेरिका नेपाल सोसाइटीको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ७ गते १०:४४ मा प्रकाशित

अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटी (ANS) को मतदानबाट निर्वाचित नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

म्यारिल्याण्डको बेल्सभिल स्थित वासिङ्टन डिसी एरियाको नेपाली मन्दिरमा भएको भव्य मतदान कार्यक्रममा विजयी भएका अध्यक्ष प्रभा भट्टराई देऊजा, बरिष्ट उपाध्यक्ष प्राध्यापक डा. विष्णु घिमिरे (Ph.D.), उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव सुदिप पोखरेल, कोषाध्यक्ष शुभ शाक्य र मिडिया कोअर्डीनेटर निलु उप्रेतीलाई निर्वाचन आयोगका अध्यक्ष प्राध्यापक डा. ठाकुर पुडासैनी (Ph.D.) ले गीताको पुस्तक छुवाएर सपथ खुवाएका थिए। निर्वाचन आयोगको सदस्यहरूमा वासिङ्टन डिसीका अधिबक्ता Esq.निराजन अधिकारी, भर्जिनियाका अधिबक्ता Esq.माधबी बस्नेत कार्की र इन्द्र श्रेष्ठ रहेका थिए ।

अध्यक्षको पद भार ग्रहण गरेपछि नयाँ अध्यक्ष प्रभा देउजाले समारोहमा मन्तव्य राख्दै निर्वाचनमा मतदान गरेका सबै मतदाताहरुलाई धन्यवाद दिँदै सबैको सहयोग लिएर आफू अगाडी बढ्ने कुरा बताउँदै चुनावको दौरानमा सहयोग गरेका संचारकर्मीहरु विजय थापा र खेम भट्टचनलाई विशेष धन्यवाद दिइन् ।

यो वर्षको वार्षिक साधारण सभा आयोजना नभएकोले संस्थाको साधारण सभामा हुने गर्ने कामहरू पनि मौका छोपेर सपथ ग्रहण समारोहमा गरेको देखियो । सपथग्रहण समाप्त भएपछि निबर्तमान भएको कार्यसमितिका कोषाध्यक्ष यशोदा भण्डारीले संस्थाको १९,३९१.६९ डलर नगद बचत भएको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

अध्यक्ष पदका उप विजेता तथा महासचिव प्रेम पौडेलले महासचिवको प्रतिवेदन सुनाए । महासचिव प्रेम पौडेलद्वारा सञ्चालित सपथ ग्रहण तथा पद हस्तान्तरण समारोह अध्यक्ष जीवन तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्तमा अमेरिका नेपाल सोसाइटी (ANS), Washington DC का पूर्व अध्यक्ष खेम भट्टचनले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई खादा पहिर्याई दिएर भुपू अध्यक्षहरुको तर्फबाट बधाई दिएका थिए ।

प्रतिक्रिया