अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

अमेरिकाको बोष्टनमा म्ह: पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ७ गते ८:३० मा प्रकाशित

बोष्टन, नेवा:अर्गनाईजेशन अफ अमेरिका, न्यु इङ्गलैण्ड च्याप्टरद्वारा नेपाल सम्बत ११३८ को उपलक्ष्यमा आयोजित म्ह:पूजा कार्यक्रम यस वर्ष पनि बोष्टनमा सम्पन्न भयो । अक्टोबर २०, २०१७ शुक्रवारका दिन १९९५ मास एभ लेक्जिँङटन स्थित हलमा आयोजित सो कार्यक्रमको लागि टाढा-टाढाबाट नेपालीहरू सहभागी भएका थिए । कार्यक्रममा शुभकामना आदान प्रदान (भिन्तुना) समावेश गरिएको थियो । निकै हर्षोल्लास साथ मनाईएको म्ह:पूजाको लागि पदाधिकारीहरू दिन रात नभनि खटेका थिए ।

यस वर्षको म्ह:पूजामा खासै मन्तव्य थिएन । संस्थाका उपाध्यक्ष खिल नारायण श्रेष्ठले सहभागी सबैलाई धन्यवाद दिँदै तथा स्वागत गरेपछि म्ह: पूजा सुरु भएको थियो । नेबारी परम्परागत ड्रेसमा सजिई आएका महिला तथा पुरुष महानुभावले कार्यक्रमलाई सिगार्नु सिगारेका थिए । नेवारी परम्परागत शैलीमा सगुन ग्रहण गर्दाको दृश्य निकै आकर्षक थियो । संस्थाका सचिव बुद्ध रत्न महर्जन तथा एक्जुकेटिभ मेम्बर सुरेन्द्र नापितले कार्यक्रम सञ्चालन गरेका थिए भने अर्गनाईजेशनका अध्यक्ष राजुमान श्रेष्ठ, उपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिव बुद्ध रत्न महर्जन, कोषाध्यक्ष निराजन मणि, एक्जुकेटिभ मेम्बरहरू क्रमशः: रूप शाक्य, सुरेन्द्र नापित, रवि राज राजकर्णिकार, रबिन बज्रचार्य समेतको टिम तिनका परिवार एवं सम्बद्ध साथीहरू दिनरात खटेर कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाइएको थियो ।

पिता पुर्खादेखि मानी आएको नेपालको महत्त्वपूर्ण सांस्कृतिक धरोहर जहाभएपनि आफूहरूले पनि बचाईराख्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको र आफूहरू जहा गएपनि आफ्नै भाषा धर्म सस्कृतिमा नाच्ने र नेपाली पहिचानमा बाच्ने कुरा सहभागी नेवा अर्गनाइजेशन अफ न्यु इँगलैण्ड च्याप्टरका पदाधिकारीहरुले बताए ।

फोटो: सुरेन्द्र नापित

प्रतिक्रिया