अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 20:36

लस एन्जलसमा महाकवि लक्ष्मी जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ६ गते ११:५९ मा प्रकाशित

अमेरिकाको लस एन्जलस स्थित आर्टेसिया सहरमा महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०९ औँ जन्म जयन्ती समारोह अनेसास लस एन्जलस च्याप्टरको आयोजनामा सम्पन्न भएको छ । महाकवि देबकोटाको तस्बिरमा माल्यार्पण गरी सुरु गरिएको उक्त समारोहको सभापतित्व आयोजक संस्थाका अध्यक्ष डन कार्कीले गरेका थिए ।

राम लामा अविनाशीले सञ्चालन गरेको उक्त कार्यक्रममा राजन अधिकारीले महाकवि देबकोटाको जीबनी माथि चर्चा गर्दै स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा लस एन्जलस वरपर बस्ने चर्चित साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

अनेसास लस एन्जलस च्याप्टरका संस्थापक अध्यक्ष गोकुल पौडेल नेपाली प्रमुख आतिथी रहेको उक्त कार्यक्रममा रिता पौडेल , शारदा श्रेष्ठ, राजन अधिकारी, शमशेर भण्डारी, डन कार्की, तिलक कार्की, राम लामा अविनाशी आदिले आ -आफ्नो रचना बाचन् गरेका थिए ।

शुसिला पाण्डेले आफ्नो आफन्तले लेखेको कविता र महाकवि देबकोटाको कविता छन्दमा सुनाएकी थिइन । तुलसा कार्की र गोकुल पौडेल नेपालीले महाकवि देबकोटाका लोक प्रिय कविताहरू वाचन गरेका थिए ।अन्तमा , ब्यस्तताको बाबजुत यहाँ आएर रचना बाचन् गरी कार्यक्रमको शोभा बढाई दिनु हुने सम्पूर्ण सहभागिहरुलाई समारोहका सभापति डन कार्कीले धन्यवाद भन्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू