अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपाल संम्बत ११३८ को अवसरमा कोलोराडोमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते १९:४२ मा प्रकाशित

नेपाल संम्बत ११३८ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार एक कार्यक्रम आयोजनागरि एक आपसमा भिंतुना आदान प्रदान गरेका छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको न्हूद“या भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरूले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।

हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली घरका अध्यक्ष लक्षुमण राना, लायन्स क्लबका चेयर पर्शन जोशन श्रेष्ठ, बोर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साइका उपाध्यक्ष भुवन श्रेष्ठ, सङ्खुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित वयोवृद्ध बिश्वभक्त श्रेष्ठबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा, हेमकुमार श्रेष्ठ र बिना श्रेष्ठले उपस्थित सबैलाई रातोटिका लगाई शुभकामना सहित आर्शिवाद प्रदान गरेका थिए ।

आयोजक संस्था नेःवा खलका सचिव मोहन श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने बिश्वभक्त श्रेष्ठले कार्यक्रमको महत्त्व र यसको इतिहास कोट्याएका थिए । उनका अनुसार भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाण्डांैमा व्यापार गरी बसेका शंखधरले भक्तपुरका मानिसले काठमाडौँ देखी बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुन बेची शंखधरले सबै नेपालीको श्रmृण तिरी दिई नेपाल संम्बत चलाए ।

कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, नेपाली घरका अध्यक्ष लक्षुमण राना, ओर्ड नेवा अर्गनाईजेसन माउन्टेण्ड साइका उपाध्यक्ष भुवन श्रेष्ठ, सङ्खुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष तथा समाज सेवी नारायण श्रेष्ठ लगायतका बक्ताहरुले शुभकामना मन्तव्य दिँदै नेःवा संस्कृति र परम्परा विशाल रहेको जसले नेपाललाई विश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षकोलागी सबैको उत्तिकै जिम्मेवारी रहेको बताएका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा सुरेन्द्र अवाल र मोहन श्रेष्ठ र प्रेमकाजी श्रेष्ठले नेवारी संस्कृति पहिचाहन गराउने धिमे बाजा, धा“ बाजा बजाएका थिए । त्यसै गरी सुरेस श्रेष्ठले राजमती गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमका प्रस्तोता सञ्जय साक्यले नेपाल संम्बतको क्यालेण्डर छाप्नेकाम अन्तिम चरणमा पुगेको भन्दै क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने दाताहरुको नाम पढेर सुनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि नारायण श्रेष्ठलाई संस्थाका अध्यक्ष प्रेम श्रेष्ठले खादा पहि¥यााएर सम्मान गरेका थिए भने, अन्य अतिथि तथा उपस्थित बयाबृद्धहरुलाई प्रमुख अतिथिले खादा पहि¥याई दिई सम्मान गरेका थिए ।

आजैको भेलाले नेःवाखल कोलोराडोको पुनर्गठन समेत गरिएको अध्यक्ष प्रेमकाजी श्रेष्ठले बताएका छन् । यसरी पुनर्गठित कार्यसमितिका अध्यक्ष, उपाध्यक्षद्धय, सचिव, कोषाध्यक्षमा क्रमशः प्रेमकाजी श्रेष्ठ, चेतमान श्रेष्ठ र श्याम श्रेष्ठ, मोहनकाजी श्रेष्ठ, सञ्जय शाक्य रहेका छन् । यसै गरी कार्यसमितिका सदस्यहरूमा हेमकुमार श्रेष्ठ, जोशनकुमार श्रेष्ठ, सुरेन्द्र अवाले, भेनस श्रेष्ठ, बिपीन श्रेष्ठ, मिरा राजवाहक, स्मिता प्रधान, सुरेश श्रेष्ठ छन् । यसै गरी आजको भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । गठीत सल्लाहकार समितिका सदस्यहरूमा नारायण श्रेष्ठ, डा.विष्णु बहादुर श्रेष्ठ, नारायण श्रेष्ठ, धर्मराज श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र भुवन श्रेष्ठ रहेका छन् । कार्यसमिति यो नै पूर्ण नभएको आवश्यकता अनुसार थपीदै जाने अध्यक्ष प्रेमकाजीले बताएका छन् ।

नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्तमा सभापति श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिँदै नेवारी सस्कृती जोगाई राख्न, तथा अमेरिकामा जन्मे हुर्केका बालबालिकाहरुलाई नेवारी सांकृती पहिचाहन गराउन हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएकाको बताएका थिए ।

 

प्रतिक्रिया