अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८ | Colorodo: 20:53

संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को विजयी घोषित

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते ८:५५ मा प्रकाशित

नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ मा संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनाली विजयी घोषित भएकी छिन् l अमेरिकाको पेनसेलभेनिया बसोबास गर्दै आएकी र हाल डिसी क्षेत्र बाट सञ्चालित बिधुतिय पत्रिका ईनेप्लिज कि सहयोगी हात रहेकी मैनालीलाई गत अक्टोबर २१ तारिख डिसी महानगर क्षेत्रको भर्जिनिया को फल्सचर्च मा उक्त घोषणा गरिएको हो l

उनलाई वुमेन इन कन्सर्ट युएस टुर २०१७ को विजयी घोषणा कलाकार आस्था राउत तथा अभाया सुब्बाको साङ्गीतिक प्रस्तुति कार्यक्रम हुनु अगाडी घोषणा गरिएको थियो l उनले विजयी घोषित भए पछि मेरो कसै सँग प्रतिस्प्रद्धा छैन भन्दै आफ्नो आमाले सानोमा तिमि कहिले प्रतिस्प्रद्धि नबन्नु है भनेको स्मरण गराइन l छोटो मन्तव्य राख्दै आफ्नो स्व पिता कलाकार गोपाल राज मैनालीलाई सम्झदै आफू माथि थप जिम्मेवार बढेको बताइन l

डिसी महानगर क्षेत्रमा स्थापित नेपाल तथा अमेरिकामा रहेका नेपाली मूलका कलाकारहरुलाई अमेरिकामा अवसर तथा मञ्च प्रदान गर्दै आएको भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्टले संस्थाले पहिलो पटक आयोजना गरेको उक्त घोषणामा मैनालीले सर्वाधिक सामाजिक सञ्जाल बिधुतिय मत तथा निर्णायकहरुको मत प्राप्त गरे पछि उनी विजयी घोषित भएकी हुन् l

उक्त मनोनयनमा नेपालमा समेत सामाजिक सेवामा काम गरेको तथा हाल अमेरिकामा रही नेपाली समुदायमा उल्लेखनीय योगदान गर्ने महिलाहरू मध्ये बाट छनौट गरी एक जना लाई नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को पुरस्कार द्वारा सम्मानित गरिएको हो l

उक्त प्रतिस्प्रद्धामा मनोनयन हुने महिलाहरुमा सच्ची मैनाली ,मौसमी मल्ल ,शान्ति श्रेष्ठ ,बिना खड्का लामा ,रुकमणि कार्की ,सुमना दवाडी ,प्रसिदा खनाल तथा उर्मिला पन्थी रहेका थिए l उक्त घोषणामा ,मौसमी मल्ल तथा सुमना दवाडी गरी २ जना महिलाहरूलाई उप विजेता समेत घोषणा गरिएको थियो l उक्त घोषणा बाना कि अध्यक्ष अनु श्रेष्ठ ओन्ताले गरेकी थिइन् l

नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को लागि बिधुतिय मतदान गत अक्टोबर २१ तारिख दिउसो १ बजे सम्म चलेको थियो l नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ को कार्यक्रम सञ्चालन श्रीजना उप्रेतीले गरेकी थिइन् भने अमेरिका नेपाल सोसाइटी कि नव निर्वाचित अध्यक्ष प्रभा भट्टराई देउजाले पनि सहभागी हुने महिलालाई बधाई दिएकी थिइन् l

प्रतिक्रिया