अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 11:44

विभिन्न राज्यहरूमा एनआरएन हेल्प डेस्क स्थापित हुने

बिआरटीनेपाल २०७४ कार्तिक ३ गते १०:२४ मा प्रकाशित

प्राप्त समाचार अनुसार एन आर एन हेल्प डेस्की सभापति तथा एन आर एन एन सी सी यु एस् कि उपाधक्ष (पश्चिम क्षेत्र) उमा कार्की थापाले नव निर्वाचित एनआरएन एनसीसी बोर्डको सर्व सम्मतीले दिएको जिम्वेवारीलाई तत्काल कार्य सम्पादन गर्न हालै अक्टोबर १७, २०१७ मा एक प्रेस वक्तव्य मार्फत एनआरएन हेल्प डेस्कलाई पूर्णता दिनु भएको छ । उमा कार्की थापाद्वारा प्रस्तुत हेल्प डेस्क अवधारणापत्र एनआरएन एनसीसी युएस्एका महासचिव बाबुराम लामा मार्फत सेप्टेम्बर २६, २०१७ मा अनुमोदन भएको जानकारी दिईेको थियो । सो अनुमोदित अवधारणा पत्र अनुसार सभापति र सदस्य सचिव सहित प्रत्येक क्षेत्रको न्यूनतम १ सदस्य हुने गरी अधिक्तम ७ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान अनुसार थापाले सो NRNA हेल्प डेस्क केन्द्रीय समिति गठन गर्नु भएको हो ।

त्यसै गरी सो अवधारणापत्र अनुसार राज्य तहमा त्यहाँको जनघनत्व र आवश्यकता हेरी १ राज्य संयोजक र १ राज्य सचिव सहित् अधिकतम २१ सदस्य NRNA हेल्प डेस्क राज्य समिति गर्न सकिने प्रावधान राखिएको छ । सभापति उमा कार्की थापाले केन्द्रीय समितिको गठन अमेरिका भरी रहेका एन आर एन च्याप्टर लगायत अन्य ठाउँंहरुमा पनि हेल्प डेस्क स्थापना गर्ने सन्दर्भमा यो पहिलो कदम भएको बताउँदै अब विभिन्न च्याप्टरहरुमा एन आर एन च्याप्टर र स्थानीय सङ्घ संस्थाहरूको सहभागितामा हेल्प डेस्कहरु गठन गरिने र एन आर एन च्याप्टर नभएको राज्यहरू मा उपयुक्त फोकल पर्सनको संयोजकत्वमा हेल्प डेस्कहरु स्थापना गरी सहयोग पुर्‍याउने स्पष्ट पार्दै अमेरिकावासी सबैको सहयोग मिल्ने विश्वास गर्नु भएको छ ।

हालै प्रकाशित प्रेस वक्तब्य जस्ताको तस्तै
एन आर एन एन सी सी को नव निर्वाचित कार्य समिति पदाधिकारीहरुको सपथ ग्रहण लगत्तै बसेको प्रथम बैठ्क त्यस पछिको अनुगमन अनुसार म उमा कार्की थापाको सभापतित्वमा एन आर हेल्प डेस्क निर्माण गर्ने सर्व सम्म्तीले निर्णय भएको स्मरण गराउन चाहन्छु। हाल विभिन्न ठाउँहरूमा आपद विपद परिरहेको र अमेरिकावासी एन आर एन हरुको दु:ख सुखमा सहभागी भई पीडित प्रिय नेपाली दाजु भाईहरुको पिडा न्युनिकरण गर्ने हेल्प डेस्कको जिवेवारीलाई हृदयङ्ग्म गर्दै एन आर एन हेल्प डेस्क केन्द्रीय समितिलाई तत्काल पूर्णता दिई, काम सुरु गर्न पर्ने अवस्था समेत श्रीजना भएको यो परीप्रेक्षमा अरू थप ढिलाइ हुनु राम्रो नहुने ठहर गर्दै हेल्प डेस्क सभापतिको हैसियतले निम्न अनुसार को एन आर एन हेल्प डेस्क केन्द्रीय समितिको घोषणा गर्दछु।

NRNA HELP DESK CENTRAL COMMITTEE

केन्द्रीय सभापति -उमा कार्की थापा
केन्द्रीय सदस्य सचिव मणी नेपाली पनेरु
केन्द्रीय कार्यकारी सदस्य – थलराज पन्त -टेक्सस
केन्द्रीय कार्यकारी सदस्य – सुमन बस्ती -इलिनोइ
केन्द्रीय कार्यकारी सदस्य – वासुदेव खनाल -कोलोराडो
केन्द्रीय कार्यकारी सदस्य – सञ्जय थापा न्यु योर्क
केन्द्रीय कार्यकारी सदस्य – विश्वमान आङ्दम्वे -जर्जिया

एन आर एन हेल्प डेस्कलाई के कसरी अगाडि बढाउने सो बारे विध्यमान अवधारणा पत्रलाई समेत आव्श्यक परीमार्जित गर्न, व्यापक सुझाव संकलन् गरी आवश्यक कदम चाल्न र हाल प्रभावित च्याप्टर हरुमा तत्काल कार्य दल गठन गरी अगाडि बढीने भएकोले सम्पूर्ण एन आर एन पदाधिकारी, सङ्घ संस्थाका प्रतिनिधि तथा दाजु भाइ दिदी बहिनीहरूलाई नव गठित एन आर एन हेल्प डेस्क केन्द्रीय समितिलाई साथ दिँदै एकता र सहकार्यको आव्हान गर्दछु।

उमा कार्की थापा
कार्यवाहक अध्यक्ष
एन आर एन एन सी सी यु एस् ए
सभापति एन आर एन हेल्प डेस्क
उपाध्यक्ष एन आर एन एन सी सी यु एस् ए (पश्चिम क्षेत्र)

प्रतिक्रिया