अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

पाकिस्तानका पुर्वप्रधानमन्त्री सरिफ अदालतद्वारा भ्रष्टाचारी ठहर

बिआरटीनेपाल २०७४ कार्तिक २ गते ७:५० मा प्रकाशित

अदालतबाट बर्खास्तीमा पर्नु भएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ ।

पानामा पेपर प्रकरणमा पर्नुभएका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

नाम नबताउने सर्तमा ती अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्बन्धी विवादमा दोषी ठहर गरिएको हो ।”

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्वीकार गर्नुभएको छ । उहाँ अदालतको फैसला निराधार रहेको पनि बताउनु भएको छ ।

“अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,” उहाँले भन्नुभयो ।

भ्रष्टाचारको मुद्धामा छानबिन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो ।

पाकिस्तानको ७० वर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पुरा नगरी बाहिरिनु परेका प्रधानमन्त्रीहरु मध्ये सरिफ १५औ प्रधानमन्त्री हो ।

उहाँ र उहाँको परिवारले पदको दुरुपयोग गरी अत्याधिक विलासी जीवनशैली अप्नाएको, लण्डनमा अकुत सम्पत्ति सङ्कलन गरेको लगायतको विवरण सहितको समाचार गत वर्ष पानामा पेपरले सार्वजनिक गरेको थियो । (रासस÷एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू