अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

उपराष्ट्रपति पुनद्वारा दिपावली, छठ र नेपाल संवतको अवसरमा जलपान समारोह

बिआरटीनेपाल २०७४ कार्तिक १ गते ८:४९ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शुभ दिपावली, छठ–२०७४ एवम् नेपाल संवत् ११३८ को अवसरमा आज जलपान समारोहको आयोजना गर्नुभएको छ । अपरान्ह ३ बजे उपराष्ट्रपति भवनको प्राङ्गणमा सुरुहुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश लगायत उच्च पदाधिकारीहरु सहभागी हुनेछन् ।

जलपानमा पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । प्रत्येक वर्षको शुभ दिपावली, छठ तथा नेपाल संवत्को अवसर पारेर उपराष्ट्रपतिले जलपान समारोहको आयोजना गर्ने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू