अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ कार्तिक १ गते ८:१९ मा प्रकाशित

मङ्सिर १ मा प्रदर्शन हुने फिल्म ’झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर फिल्मका दुइ पात्र सौगात मल्ल र बेनिशा हमालमा केन्द्रित छ । राजधानी स्थित बिग मुभिजमा ट्रेलरसंगै केहि समय अगाडी सार्वजनिक गरिएको गीत हे सानी पनि देखाइएको थियो । अभिनेत्रीको रुपमा परिचित निशा अधिकारी यसै फिल्म मार्फत निर्माण पनि डेब्यु गर्दै्छिन भने उनलाई निर्माणमा साथ् दिएका छन् निर्देशक सिमोश सुनुवारले ।

सिमोशको निर्दे्शित फिल्ममा सौगात र बेनिषा देखिएका छन् । ट्रेलर सार्वजनिक समारोहमै फिल्म युनिटले फोटो कन्टेस्ट पनि ल्याएको छ । फिल्मको पोष्टरमा बेनिषाले सौगातलाई बोके झैँ आफ्नो प्रेमी वा श्रीमानको तस्वीर प्रेमिका वा श्रीमतीले फेसबुकमा पोष्ट गर्नु पर्ने हुन्छ । उक्त तस्वीर पोष्ट गर्दा#jhyanakuti  र #nov17   पनि लेख्नु पर्नेछ ।

प्रीति चाउचाउद्वारा प्रायोजित यस फोटो कन्टेस्टको समयावधि झन्डै एक महिना राखिएको छ भने यसको विजेताले ५१ हजार जित्नेछन् । विजेता पोष्ट गरिएको तस्वीरमा आएको लाइकको आधारमा छानिनेछ । सबै भन्दा बढी लाइक आउने तस्वीरको जोडीलाई ५१ हजार प्रदान गरिने निर्माण पक्षले बताएका छन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

निशा अधिकारी , निर्मात्री ( कलाकारिताको अनुभव संगाल्दै निर्मात्री बनेकी छु । कथा मन परेको कारण नै हामीले यस फिल्मलाई निर्माण गरेका हौ । मैले र सिमोशदाइले फिल्म निर्माण गर्ने भनेपछि यो कथा पाएका थियौ । कलाकारलाई धन्यवाद भन्छु किनकी शुटिङ अवधिभर नै त्यहाँ रहनु भयो । किनकी हामी छायाँकन गर्न गएपछि मौसमले साथ् दिएको थिएँन र त्यो मौसम खराब झन्डै १८ वर्ष पछी भएको स्थानीयले बताएका थिए । फिल्ममा हामीले श्रीमान र श्रीमतीको कथालाई देखाएका छौ , जसले कहिँ हसाउछ भने कहिँ रुवाउछ ।

सिमोश सुनुवार , निर्देशक ( कथा मन परेकै कारण हामीले फिल्म बनाएका हौ । यसमा हामीले एउटा जीवन देखाएका छौ , जहाँ प्रेमी प्रेमिका हुदै श्रीमान श्रीमती बन्छन । अनि जीवनमा माया मात्र हुदै त्यहाँ आउने अवस्थाले धेरै तथ्यलाइ निम्त्याउछ । ट्रेलर हेर्नुस यदि मन पर्छ भने मङ्सिर १ मा फिल्म रिलिज हुन्छ , हेरेर प्रतिक्रिया दिनु होला ।

सौगात मल्ल , अभिनेता ( यो युनिटसंग काम गर्न पाउदा रमाइलो नै भयो । फिल्ममा म प्रेमी हुदै श्रीमान र बच्चाको बुवा बन्छु । त्यो प्रोसेसमा आउने अवस्थाले दर्शकलाई हसाउछ भने रुवाउछ पनि । धेरै कुरा ट्रेलरमा नै देखि सक्नु भएको छ , आश छ यसलाई तपाइले रुचाउनु हुनेछ ।

बेनिषा हमाल ( यस फिल्मको लागि केहि मोटाएको पनि थिए । केहि समय त त्यहाँको स्थानीय बोल्ने शैली सिक्नै लाग्यो । कलाकारले बनाएको फिल्म भएर पनि होला निकै मेहनत गर्नु भएको छ अनि फिल्म राम्रो बनेको छ । फिल्म हेरेपछि तपाइँले मनोरंजनसंगै एक अर्गा्निक कथा पनि पाउनु हुनेछ भन्ने विश्वास छ । फिल्ममा म गाउने युवतीको भूमिकामा छु । जसले प्रेमिका हुदै श्रीमती अनि आमाको भूमिका निर्वाह गर्छे ।

 

तस्वीर :आर्यन विमली

 

प्रतिक्रिया