अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

अमेरिकाबाट शहीदको परिवारलाई सहयोग

बिआरटीनेपाल २०७४ असोज ३१ गते २१:०८ मा प्रकाशित

अमेरिकामा रहेका मधेसी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा शहीद भएका आनन्द साहका परिवारलाई मङ्गलवार आर्थिक सहयोग प्रदान गरेको छ ।

मधेसी इञ्जिनियर्स स्टुडेन्ट युनियन (मेसु) को समन्वयमा मलेठ घटनाका शहीद परिवार सप्तरीको कृष्णसवरण गाउँपालिका निवासी स्व आनन्द साहकी पत्नीलाई रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको मेसुका अध्यक्ष ई सञ्जीवनारायण यादवले बताउनुभयो ।

गतसाता सोही संस्थाले मलेठ घटनाका अन्य शहीद सञ्जन मेहता, पीताम्बर मण्डल, इनर यादव, वीरेन्द्र मेहताका परिवारजनलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको थियो । (रासस)

प्रतिक्रिया