अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद्

बिआरटीनेपाल २०७४ असोज ३१ गते ११:१७ मा प्रकाशित

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ ।

अध्यक्ष गौचनको नवौँ स्मृति पुण्य तिथिका अवसरमा महासङ्घले आज अनामनगरमा आयोजना गरेको शोक सभामा महासङ्घका पूर्वअध्यक्ष जीपछिरिङ लामाले गौचनको हत्यारालाई कानुनी कठघरामा उभ्याए मात्र गौचनप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

“हत्या भएको नवौँ दिनसम्म पनि हत्यारा पक्राउ हुन नसक्नु दुःखद् कुरा हो”– उहाँले भन्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचनको हत्यारा पक्राउ नपरेसम्म व्यवसायीको आन्दोलन नरोकिने बताउँदै गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा व्यक्त गर्नुभयो ।

महासङ्घका निवर्तमान अध्यक्ष जयराम लामिछानले गौचनको हत्या सिङ्गो नेपाली निजी क्षेत्रमाथिको बर्बर हमला भएको टिप्पणी गर्नुभयो ।

शोक सभामा विभिन्न व्यवसायमा आबद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू