अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी

बिआरटीनेपाल २०७४ असोज ३१ गते ८:१९ मा प्रकाशित

नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालय भवनमा आगो लागेको छ । मंगलबार बिहान ३ बजेर ५० मिनेटमा भारतीय प्रम नरेन्द्र मोदीको कार्यालय भवनस्थित कोठा नम्बर २४२ बाट आगो लाग्न सुरू भएको थियो ।

आगो लागेको सूचना पाएपछि फायर ब्रिगेडको १० गाडी घटनास्थलमा पुगेको थियो । प्रधानमन्त्रीको कार्यालयमा लागेको आगो करिब २० मिनेटमा नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार आगो लागेको कोठा प्रधानमन्त्रीको भवनको दोस्रो तलामा रहेको छ। यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन । समाचार अनुसार फायर ब्रिगेडलार्इ आगो लागेको सूचना प्रधामन्त्रीको कार्यालयमा तैनाथ सुरक्षागार्डले दिएका थिए ।

आगो लागेर प्रधानमन्त्रीको कार्यालय भवनको कोठामा कति क्षति पुग्यो भन्ने एकिन भएको छैन । यसबारेमा प्रधानमन्त्रीको कार्यालयले केही जानकारी गराएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू