अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

मध्यरातमा सार्वजनिक भएको एनआरएन चुनावी परिणाममा कसको मत कती ?

बिआरटीनेपाल २०७४ असोज ३० गते १७:०४ मा प्रकाशित

गैर आवासिय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय परिसद्को महाधिवेशन तथा नयाँ कार्यसमितीको निर्वाचनबाट भवन भट्ट अध्यक्ष पदमा बिजयी भएका छन् । प्रतिद्वन्दी जमुना घलेलाई ६१३ मतले पछि पार्दै भवन भट्ट एनआरएन अध्यक्ष पदमा बिजयी भएका हुन् ।

सोमबार मध्यरात अर्थात रातको २:४५ बजे सार्वजनिक भएको नतिजा अनुसार बिजयी भवन भट्टले ११९६ मत प्राप्त गरेका छन् भने जमुना घलेलाई ५८४ मत प्राप्त भएको छ ।

दुई उपाध्यक्ष पदका लागि छ जनाबीच प्रतिस्पर्धा भएकोमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन् ।

त्यस्तै दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच प्रतिस्पर्धामा   १ हजार ३० मत प्राप्त गर्दै कुमार प्रसाद पन्त र ६४४ मत प्राप्त गर्दैकुल आचार्य बिजयी भएका छन् भने पन्त रआचार्यका प्रतिद्वन्दीहरु क्रमश:  सोनाम लामाले ४३६, खगेन्द्र क्षेत्रीले ३४९, चिरन्जीवी थापाले ३८०, रविना थापाले २६४ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा १ हजार ५४ मत प्राप्त गर्दै सपिला राजभण्डारी विजयी भएकी छन् ।

त्यस्तै ३ जनाको उमेद्वारी परेको महासचिव पदमा ७ सय ६७ मत ल्याएर डा.बद्रि केसी विजयी भएका छन् । केसीका प्रतिस्पर्धी यम गुरुडले ५ सय ३८ र अर्जुन श्रेष्ठले ३ सय ६४ मत प्राप्त गरेका छन् ।

दुई सचिव पदका लागि ६ जनाको उमेद्वारी रहेको प्रतिस्पर्धामा र ६ सय ५५ मत सहित जानकी गुरुङ र ६ सय ६ मत प्राप्त गर्दै डबरबहादुर क्षेत्री विजयी भएका छन् ।

सचिवका अन्य प्रत्यासीहरु गणेश केसीले ६ सय ५३, सन्तोष भट्टराईले ४ सय ९७ डा. देवी बस्नेतले ३ सय २१ र ऋषिराम कडेलले १ सय ९ मत प्राप्त गरेका छन् छन् । गणेश केसी बिजयी जानकी गुरुङसंग जम्मा २ भोटले पराजित भएका हुन् ।

 

कसको मत कती ?

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू