अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

एनआरएन महाधिवेशनको नतिजा सार्वजनिक: भवन भट्ट ११९७ मत सहित अध्यक्ष पदमा बिजयी

बिआरटीनेपाल २०७४ असोज ३० गते १५:०७ मा प्रकाशित

गैर आवासिय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समन्वय परिसद्को महाधिवेशन तथा नयाँ कार्यसमितीको निर्वाचनबाट भवन भट्ट अध्यक्ष पदमा बिजयी भएका छन् । प्रतिद्वन्दी जमुना घलेलाई ६१३ मतले पछि पार्दै भवन भट्ट एनआरएन अध्यक्ष पदमा बिजयी भएका हुन् ।

सोमबार मध्यरात अर्थात रातको २:४५ बजे सार्वजनिक भएको नतिजा अनुसार बिजयी भवन भट्टले ११९६ मत प्राप्त गरेका छन् भने जमुना घलेलाई ५८४ मत प्राप्त भएको छ ।

त्यस्तै उपाध्यक्ष तर्फ १ हजार ३० मत प्राप्त गर्दै कुमार प्रसाद पन्त बिजयी भएका छन् भने पन्तका प्रतिद्वन्दीहरु क्रमश: कुल आचार्यले ६४४, सोनाम लामाले ४३६, खगेन्द्र क्षेत्रीले ३४९, चिरन्जीवी थापाले ३८०, रविना थापाले २६४ मत प्राप्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू