अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

चलचित्रमा योगदान पुर्याए वापत नायिका मनीषा कोईराला युरोपमा सम्मानित

बिआरटीनेपाल २०७४ असोज ३० गते ११:१५ मा प्रकाशित

नेपाली मुलकी भएर पनि बलिउडमा आफ्नो स्थान जमाउन सफल नायिका मनीषा कोईराला हालै यूरोपमा सम्मानित भएकी छिन्। हालै पोल्याण्डमा भएको कार्यक्रममा मनिषालाई  भारतीय चलचित्रमा योगदान दिएका कारण सम्मान गरिएको हो।

कार्यक्रममा मनीषा कोईराला र  वेव सिनेमा का  सीईओ राहुल मित्रा लाई वारशा(पोल्याण्ड) को  प्रतिष्ठित किनोतेका थिएटर मा शानदार रेड कारपेट समारोह आयोजना गर्दै सम्मानित गरिएको हो। त्यहाँ पहिलो पटक  भारतीय फिल्म महोत्सव आयोजना गरिएको थियो।  फिल्मोत्सव मा मनीषा कोईराला विशेष अतिथि को रुपमा रहेकी थिईन्।

प्रतिक्रिया