अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

राप्रपा छोडेर राप्रपा(प्रजातान्त्रिक)मा गएकी नायिका रेखा थापा सह-महामन्त्रीमा मनोनित

बिआरटीनेपाल २०७४ असोज २९ गते १३:१२ मा प्रकाशित

चलचित्रका साथै राजनितीमा पनि सक्रिय रहँदै आएकी चर्चित नायिका  रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा  मनोनित भएकी छिन् । उनलार्इ पार्टीको प्रवास विभागको समेत जिम्मेवारी दिइएको छ ।

कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।

नायिका थापाले अब कहाँबाट चुनाव लड्ने भन्ने बारे भने  टुंगो लागेको छैन्। प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू