अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

कोलोराडोका बिभिन्न शहरमा देउसी-भैलो खेल्ने तयारीमा नेपालीहरु

बिआरटीनेपाल २०७४ असोज २९ गते १०:५५ मा प्रकाशित

नेपालीहरूले दोश्रोे महान् चाड तिहारको अवसरमा कोलोराडो निवासी नेपाली समुदायले नेपालीहरूको बाक्लो बसोबास रहेको शहरहरु बोल्डर, लङमन्ट र अरोरामा देउसी भौलो खेल्ने भएका छन् ।

कोलोराडोमा क्रियाशील नेपाली घरको आयोजना तथा स्थानीय सङ्घ संस्थाको सहयोगमा अक्टोबर १८ देखि २० तारिक सम्म देउसी भैलो खेलीन लागेको हो ।

विशेष गरी  नयाँ पुस्तालाई आफ्नो रहन सहन, भाषा, सस्कृती तथा भेष भूषाको जानाकारी गराउन तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको र यस्ता कार्यक्रमले मातृभूमि प्रतिको कर्तव्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका अध्यक्ष लक्षुमण रानाले बताएका छन् ।

यसरी देउसी भैलो खेलीने स्थानहरुमा अक्टोबर १८ साँझ ६ देखी ९ बजे सम्म लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा, अक्टोबर १९ साँझ ७ देखी ९ बोल्डर स्थित बोल्डर मेडोज कम्यूनिटी हलमा, त्यस्तै गरी कोलोराडोको दक्षिणी क्षेत्र अरोरामा अक्टोबर २० साँझ विभिन्न घरहरुमा घरदैलो कार्यक्रम गरी देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका महासचिव निर्मल श्रेष्ठले बताएका छन् ।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, व्यापारी तथा सर्वसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृति संरक्षण र पहिचाहन गराउन पाइने यस्तो अवसरमा, आयोजकले सकेसम्म सबैलाई आ–आनो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने बताबरण बनाई दिनु हुन सबैलाई आग्रह गरेको छ । छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरू दौरा सुरुवाल र महिलाहरू साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ ।

नेपाली घरले नेपालीहरूको भाषा, संस्कृति , रिती रिवाज, तथा भेष भूषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक वर्ष देउसी भैलो लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले देउसी भैलोबाट सङ्कलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताएको छ ।

प्रतिक्रिया