अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

एनआरएन विश्व सम्मेलन अमेरिका कमजोर भूमिकामा

बिआरटीनेपाल २०७४ असोज २८ गते २२:५८ मा प्रकाशित

एन आर एन आइसीसीको उपाध्यक्षमा अमेरिकाबाटै उम्मेदवारी दिएर खगेन्द्र जी सी र सोनाम आपसी भिडन्तमा उत्रिएका छन् । चुनावी तालमेल र माहौल हेर्दा दुवै उम्मेदार कमजोर देखिएका छन् । ७० देशबाट सहभागी भएका प्रतिनिधिलाई आफ्नो पक्षमा ल्याउन उनीहरूले गरिरहेको प्रयास फितलो छ । अरू देशका उम्मेदवारहरुले आफ्नो देशका प्रतिनिधिलाई एकीकृत गरी चुनावी तालमेल र माहौल निमार्ण गरिरहेका छन् । तर अमेरिका क्षेत्रका प्रतिनिधि भने समूह समूहमा विभाजित भई अन्यौल पूर्ण अवस्थामा अगाडि बढिरहेका छन् । भोलीसम्म यही स्थिति कायम रहेमा यस पटक पनि अमेरिकाले महत्त्वपूर्ण पद गुमाउन सक्ने सम्भावना छ ।

गौरी र ए सी भिड्दै
उत्तर अमेरिका क्षेत्रीय संयोजक (आरसी)का लागि उम्मेदवारी दिएका अमेरिकाका व्यवसायी गौरी जोशीलाई सर्वसम्मत बनाउने प्रयासहरू असफल भएका छन् । अर्का प्रतिस्पर्धि ए सी शेर्पालाई सहकोषाध्यक्षमा पठाएर गौरीलाई सहज बनाउन शेष घले, सोनाम लामा, डाक्टर केशव पौडेल दुई दिन देखि गरिरहेको प्रयास फलिभुत हुन सकिरहेको छैन । अरू पदका लागि विकल्प भए पनि आरसी आफ्नो पहिलो लक्ष रहेको उल्लेख गर्दै ए सी शेर्पाले पछाडि हट्न नसक्ने बताउँदै आएका छन् । विगतमा गौरी जोशीलाई साथ दिँदै आएका कतिपय जनसम्पर्क समिति अमेरिकाका नेताहरूले अहिले भने एसी शेर्पालाई साथ दिइरहेको बताइन्छ । एनआरएन अमेरिकाको राजनीतिमा गौरी जोशीसँग असहमत देखिएका धेरैजसोले भने अहिले गौरीलाई खुलेर साथ दिइरहेका छन् । विष्णु सुवेदी, हरिवोल भण्डारी, प्रमोद सिटौला, सी पी पौडेल अहिले गौरी जोशीलाई साथ दिइरहेका छन् । क्यानडाबाट एक सय र अमेरिकाबाट करिब दुईसय प्रतिनिधिले आरसी र डिआरसीका लागि मतदान गर्नेछन् । आरसीका लागि रामसी पोखरेल र श्री पराजुलीको समेत उम्मेदवारी पर्ने सम्भावना छ । अध्यक्षका प्रत्यासी भवन भट्ट र जमुना घलेको पक्ष विपक्षमा भन्दा पनि अमेरिका क्षेत्रका प्रतिनिधिहरू आरसी र डिआरसीका उम्मेदवारको माहौल बनाउन व्यस्त देखिन्छन् ।

भद्रगोल
व्यवस्थापनमा देखिएको कमजोरीले गैह्र आवासीय नेपाली सङ्घको विश्व सम्मेलनमा भाग लिन ७० देशबाट नेपाल आएका प्रतिनिधिहरू समस्या झेलिरहेक छन् । नाम दर्ता गर्न घण्टौं लाममा बस्नु पर्ने बाध्यता प्रमुख समस्या हो । विज्ञहरुका प्रस्तुति र छलफलका कार्यक्रम पुरै ओझेलमा परेका छन् । भावी योजना, परियोजना, रणनीति र कार्यनीति माथि भइरहेका छलफलमा प्रतिनिधिहरूको उत्साहा जनक सहभागिता देखिएको छैन । विश्व सम्मेलन पुरै चुनाव मय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू