अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

डलासमा ‘उमन इन कन्सर्ट’

बिआरटीनेपाल २०७४ असोज २८ गते ८:०३ मा प्रकाशित

गीत–सङ्गीतको माध्यमबाट नेपाली महिलाहरूलाई सशक्तीकरण गर्ने उद्देश्य सहित अमेरिकामा सञ्चालन गरिएको ‘उमन इन कन्सर्ट’ टेक्ससको डलासमा समेत हुने भएको छ । अमेरिकाका विभिन्न सहरमा प्रस्तुति रहने कार्यक्रम अन्र्तगत डलासमा अक्टुबर २७ मा कन्सर्ट गर्न लागिएको हो । सङ्गीत क्षेत्रमा लागेका महिलाहरूले नेपालमा केही समय अघिदेखि नै ‘उमन इन कन्सर्ट’ कार्यक्रम गर्दै आए पनि अमेरिकामा भने यो पहिलो पटक गर्न लागिएको हो ।

अमेरिकाका विभिन्न राज्यमा थुप्रैं कार्यक्रमहरू आयोजना गर्दै आएको भिन्तुना इन्टरनेशनल अन्तर्गतको ‘थ्रीइ इन्टरटेनमेन्ट’ नामक संस्थाले नेपालका चर्चित गायिकाहरुका लागि अमेरिका भ्रमण (युएस टुर २०१७) को आयोजना गरेको हो । यसै कार्यक्रमअन्तर्गत अमेरिकाका ९ वटा राज्यमा ‘उमन इन कन्सर्ट’ गर्न लागिएको हो । कार्यक्रमका लागि चर्चित गायिका अभय सुब्बाको ब्याण्ड ‘अभया एण्ड द स्टिम इन्जुन्स’का ५ जना, आस्था राउत र मलिना जोशी गरी सात जनाको समूह नेपालबाट सहभागी भइसकेको छ ।

‘यो कार्यक्रमले नयाँ आउने कलाकारहरुलाई हौसला दिँदै उनीहरूको सहभागिता बढाउने छ,’ थ्रीइ इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर सुरेश सापकोटाले भने, ‘यति मात्र होइन विभिन्न क्षेत्रमा रहेर समाजमा राम्रो योगदान गर्ने महिलालाई सम्मान गर्दै ‘उमन अफ दि इयर अमेरिका’ नामक पुरस्कार पनि प्रदान गरिनेछ ।’

टुरकी एक सदस्य गायिका अभया सुब्बाले सङ्गीत क्षेत्रमा लागेका महिलालाई बाहिर निस्केर केही गर्नका लागि ‘उमन इन कन्सर्ट’ले प्लाटफर्म दिइरहेको बताइन् । ‘कन्सर्टमा हामीहरूको मात्र सहभागिता हुने छैन । जुन–जुन राज्यमा कार्यक्रम गर्छौँ, त्यहााका स्थानीय नयाा कलाकारहरुलाई हौसला दिएर सहभागी गराउनेछौं,’ उनले भनिन्, ‘इन्करेजिङ, इन्गेजिङ, इम्पावरिङ उमन थ्रु म्युजिक’ भन्ने नारा बोकेर महिलालाई सशक्त बनाउने उद्देश्यले हिाडेका छौँ । महिलाहरूले गाउने मात्रै काम गरेर हुादैन म्युजिसियन, कम्पोजर सबै बन्न प्रोत्साहन गर्दै त्यो सबै गर्नका लागि ठाउा दिइरहेका छौँ ।’

डलासका साथैं अमेरिकाका सेन्ट लुइस, बोस्टन, एटलान्टा, न्यु योर्क, वासिङ्टन डिसी,बाल्टिमोर र ओक्लोहोमा सिटीमा यो कार्यक्रम आयोजना हुदैछ ।

प्रतिक्रिया