अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

एनआरएनएको महिला सँयोजकमा रजनी प्रधानको उम्मेदवारी

बिआरटीनेपाल २०७४ असोज २७ गते ७:२६ मा प्रकाशित

शनिबार काठमाडौंमा हुने गैर आबासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तथा नेतृत्व परिवर्तनका लागि यतीबेला विश्वभरका एनआरएनए सदस्यहरु काठमाडौंमा छन् । एनआरएनको विभिन्न पदका लागि उम्मेदबारी घोषणा गर्ने क्रम जारी छ ।

यसै क्रममा लामो समय देखि एनआरएन बेल्जियममा रहेर काम गर्दै आएकी रजनी प्रधान हाल आइसिसीमा महिला उप संयोजक हुन् । सो कार्यको जिम्मेवारी ससक्त रुपमा पुरा गरेकी रजनीले एनआरएनको निर्वाचन अन्तर्गत आईसिसीको आगामी कार्यकालका लागि महिला संयोजकमा उम्मेदबार बनेकी छिन् ।

२५ बर्ष देखि बेल्जियममा बसोबास गर्दै आएकी रजनी गैर आबासीय नेपाली संघको स्थापनाकाल देखि यस अभियानमा सक्रिय छिन् । मुलत बेल्जियममा रहेर नेपाली उत्पादनलाई पुरोपको बजारमा पु¥याएर ख्याती कमाएकी रजनी प्रधान बेल्जियमकी सफल नेपाली व्यबसायीको रुपमा परिचित छिन् । उनी बेल्जियममा नेपाली समुदायमा सामाजिक कामका पनि त्यत्तिकै सक्रिय छिन् ।

आफ्नो उम्मेदबारी बारे रजनीले भनिन्,‘आईसिसीको उपसँयोजक भएर आफ्नो कार्यकाल मैले सफलता पूर्वक सम्पन्न गरेको छु । मेरो कार्यक्रममा आईसिसीबाट अत्यन्त राम्रा कामहरु भएकाले अझ राम्रा र ससक्त कार्यका लागि म आईसिसीको सँयोजकमा आउन लागेकी हुँ ।’ आफुलाई आईसिसीमा रहेर सेवा गर्नका लागि सबैले साथ दिने विश्वास उनको छ ।

संघकी महिला सँयोजक सपिला राज भण्डारीसँग मिलेर आफुले गरीब नेपाली महिलाहरुका लागि महिला स्वास्थ्य सम्बन्धी सीबिर, आय आर्जन सम्बन्धी परियोजना र तालिम सञ्चालन जस्ता विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको पनि रजनीले जानकारी गराईन् ।

बेल्जियम लगायतका विभिन्न स्थानमा विभिन्न मौलिक नेपाली सांस्कृतिक कार्यक्रमको समेत आयोजन गर्दै आएकी रजनी नेपाली कला संस्कृतिको प्रवर्धनमा पनि त्यत्तिकै सक्रिय छिन् । नेपाली नारीहरुलाई ससक्तीकरणको अभियानमा अघि बढाउँदै उनीहरुको उन्नत्तिमा सहयोग पु¥याएर नेपाली नारीलाई सक्षम बनाउने रजनीको लक्ष्य छ । उनको यो लक्ष्यलाई सबैले साथ दिनेमा एनआरएनएका सदस्यहरु विश्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू