अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

बामगठबन्धन नेपालको आबश्यकता हो – प्रवक्ता भुषाल

बिआरटीनेपाल २०७४ असोज २७ गते ३:१५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन बिदेशीको इशारामा नबनेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको र बिदेशीको इशारामा नबनेको बताउनु भयो ।

उहाँले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धनमा आवद्ध भएका राजनीति दलहरुले आ आफ्नो चुनाव चिन्ह लिएर चुनावमा जाने समेत प्रष्टाउनु भयो ।

वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पार्टीले निर्वाचन अघि सरकार नछाड्ने उहाँले बताउनुभयो ।

तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उहाँले बाम गठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभई छलफल जारी रहेको बताउनुभयो । उहाँले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरुमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताउनु भयो ।

उहाँले देशमा अब बामपन्थी र प्रजातान्त्रिक शक्ति गरी दुई पक्ष मात्र हुने भन्दै अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत ल्याएर देशलाई आर्थिक सम्बृद्धि र स्थिर सरकार बन्ने बताउनु भयो ।

आफ्नो पाटीले बिगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको बिषयमा आवाज उठाउँदै आएको र निर्वाचन पश्चात दुई तिहाई मत प्राप्तसँगै त्यसले समेत पूणता पाउने बताउनु भयो ।

बर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कुटनीतिक पाटो निर्वाह गरिरहेको समेत उहाँले प्रष्टाउनु भयो । केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण निन्दनीय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू