अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९
| Colorodo: 23:24
सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा लगाउने निर्णय गरेको हो ।
महासंघले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा शव बुझिन लागिएको हो । गौचनको शवलाई बिहीबार(आज) महसंघको कार्यालय अनामनगरमा राखेपश्चात अन्त्येष्टि गरिने महासंघले जनाएको छ ।
मृतक गौचनका काका ओमकार गौचनले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले शव बुझ्न ढिलाई नगर्न आग्रह गरेका हुन् ।