अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

जर्जियाको अत्लान्तामा ‘एन.आर.एन. हेल्प डेस्क’ सम्बन्धि अन्तरक्रिया सम्पन्न

बिआरटीनेपाल २०७४ असोज २५ गते २२:२० मा प्रकाशित

जर्जियाको अत्लान्तामा एन.आर.एन. अमेरिकाका वर्तमान उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष उमा कार्की थापासंग एन.आर.एन. हेल्प डेस्कू सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ एन.आर.एन.दिवस २०१७ को उपलक्ष्यमा एन.आर.एन. जर्जीया च्याप्टरले राखेको सो अन्तरकृया मंगलबार सम्पन्न भएको हो ।

उमा कार्की थापाको मौलिक विचारबाट सुरु भएको र उहाँकै  नेतृत्वमा संचालन हुन लागेको संसारभरिकै पहिलो “एन.आर.एन हेल्प डेस्क” सम्बन्धि विषयमा कार्यक्रम केन्द्रित रहयो I कार्यक्रममा स्थानिय नेपाली समुदायका अगुवाहरु देखि लिएर विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो I सोही कार्यक्रममा एन.आर.एन अमेरिकाका वर्तमान उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष उमा कार्की थापाद्वारा एन.आर.एन. जर्जीया च्याप्टरका  भर्खरै नव-निर्वाचित  अध्यक्ष सुर्य लम्सालको सपथ-ग्रहण सम्पन्न भएको थियो I

कार्यक्रमको सुरुमा बोल्दै स्थानीय नेपाली संस्था “नेपाली असोसिएसन अफ जर्जीया (नाग)” का अध्यक्ष केशव शर्माले कार्यक्रमा उमा कार्की थापालाई जर्जियामा स्वागत गर्दै एन. आर. एन. संग मिलेर जाने कुरा राख्नु भयो I

कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै उमा कार्की थापाले “एन. आर. एन. हेल्प डेस्क” को बारे व्याख्या गर्नुभयो I उहाँको अध्यक्षतामा एउटा ७-जनाको केन्द्रिय कमिटि बाट एन. आर. एन. च्याप्टर भएको   २० वटा स्टेटहरुमा हरेक स्टेटमा च्याप्टरको मातहतमा “स्टेट हेल्प डेस्क” गठन गरी “हेल्प डेस्क” सुरुमा केहि स्टेटमा भविष्यमा अमेरिकाको ५० वटै स्टेटमा “हेल्प डेस्क” संचालन गर्ने महात्वकांक्षी योजना घोषणा गर्नुभयो I साथै विभिन्न स्टेटमा छरिएका नेपालीहरुको समस्या रिपोर्ट गर्नलाई एउटा टोल-फ्री “एन. आर. एन. हेल्पलाईन” पनि निकट भविष्यमा संचालनमा ल्याउने कुरा गर्नुभयो I यस्तो ‘हेल्प डेस्क” ले आम एन.आर.एन. हरुलाई प्रत्यक्ष फाइदा गर्ने कुरा राख्नुभयो I यस्तो योजना एन.आर.एन अमेरिका मात्र नभई संसार्भारीकै एन. आर. एन. को इतिहासमा पहिलो यस्तो योजना हुनेछ I साथै, एन.आर.एन अमेरिकाको यो एउटा “फ्ल्यागसीप गौरवको योजना” हुनेछ जसले स्टेट च्याप्टरहरुलाई पहिलो पटक केन्द्रबाट प्रत्यक्ष रुपमा समायोजन गर्ने तथा जनमानसमा केन्द्रको स्पष्ट मार्गनिर्देशनमा कार्यक्रम लैजाने पहिलो योजना हुनेछ I जनमानसमा यसले एन.आर.एन अमेरिकाको एउटा नयाँ अध्याय सुरु गर्नेछ र भिन्न छाप पार्नेछ I

कार्यक्रमको संचालन एन.आर.एन आजीवन सदस्य तथा “एन. आर. एन. जर्जीया च्याप्टरका” संस्थापक उपाध्यक्ष विश्वमान आन्ग्देम्बेले संचालन गर्नुभएको थियो. कार्यक्रम नागका अध्यक्ष केशव शर्मा र बलाद दोनोर्स अमेरिकाका जर्जीया च्याप्टर अध्यक्ष भविन्द्र बस्नेत द्वयको “हवेली इन्डियन कुजिन” रेस्टुराँमा साँझ ६:३० देखि भएको थियो.

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू