अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

गायक पवन थिङको एल्वम ‘फ्लाइ’ सार्वजनिक

बिआरटीनेपाल २०७४ असोज २५ गते ९:५५ मा प्रकाशित

गायक पवन थिङले गाएका सुगम संगीतमा आधारित आधुनिक शैलीका गीतहरुको एल्बम ‘फ्लाइ’ बुधवार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामा सहितका व्यक्तित्वले उक्त एल्बम विमोचन गरेका हुन् ।

एल्बम विमोचन गर्दै संगीतकर्मी प्रेमध्वज प्रधानले गायक थिङको गायन शैलीको प्रसंसा गरेका थिए । समारोहमा उपस्थित गायक राजु लामाले पनि गायक थिङको गलाको खुलेर प्रसंसा गरे । शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पा“च गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन् । एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ ।

समारोहमा गायक थिङले संगीतकार सुसन लामाको गिटारवादनमा एल्बमका सबै गीतहरु प्रत्यक्ष गाएका थिए । त्यसक्रममा संगीतकर्मी प्रेमध्वज प्रधानले नेपाली सांगीतिक क्षेत्रमा स्टेजमै गिटार बजाएर गीत गाउने प्रचलन आफैंले प्रारम्भ गरेको स्मरण गरेका थिए ।

समारोहमा विमोचित एल्बमको ‘सिमा पारी….’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । पासाङ योञ्जनले उक्त भिडियो निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया