अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

गजल

लव गाउँले २०७४ असोज २५ गते ९:०५ मा प्रकाशित

ढुङ्गा दिल पग्लिन्न तेल घस्नु पर्दैन भनेँ
मान्छे एक्लिन चाहे जेल बस्नु पर्दैन भनेँ !

वचन नै काफी छ मान्छे घाइते बनाउन
किन जोखिम मोल्छौ छुरा धस्नु पर्दैन भनेँ !

जिन्दगीभर कैदीजस्तो डोरी बाँधेर राख्यौ
अब के डर भो र घाँटी कस्नु पर्दैन भनेँ !

सधैँ परनिन्दा गर्छौ र ईर्ष्या डाहा उत्तिकै
तिमी भन्ने को छ र व्रत बस्नु पर्दैन भनेँ !

भन्छौ सती सावित्री तर खोज्छौ पर खेताला
के पुण्य मिल्ला खै मन्दिर पस्नु पर्दैन भनेँ !

प्रतिक्रिया