अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

मलाई कुनै पार्टीको आर्शिवाद पनि छैन – शिव कुमार राई

बिआरटीनेपाल २०७४ असोज २४ गते ११:२५ मा प्रकाशित

एनआरएनए-आइसिसी क्षेत्रीय उपसंयोजकका उमेम्द्वार शिव कुमार राईसंगको छोटो कुराकानी ।

क्षेत्रीय उपसंयोजकका लागि तपाइका ऐजेण्डाहरु के–के छन् ?
मेरो ऐजण्डाहरु मुख्य त २०–२० भिजन वियोण्डलाई कसरी अगाडि बढाउने र सफल बनाउने भन्नेमा छ । यसका लागि सक्रिय भूमिका निभाउनेछु ।

अर्कोकुरा भौगोलिक कारणले मातृभूमिममा भई परिआउने प्राकृतिक विपत्तिमा सहयोग जुटाउन सदैव लागिपर्नेछु । संस्थामा समावेशी सहितको पारदर्शी नेतृत्व हुनुपर्छ भन्नेमा जोड दिनेछु ।

अर्को कुरा मातृभूमिको समृद्धिका लागि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिनेछु । केन्द्र र क्षेत्रसँग समन्वय गरेर अगाडि सबैको हितमा बढ्नेछु ।
धेरै प्रतिबद्धता र नारा मात्र बाहिर ल्याएर होइन, मैले गर्न सक्ने कामहरूको मात्र ऐजेण्डाहरु बोकेर निर्वाचनमा जाँदैंछु । म बोलेको कुरा पूरा गर्ने व्यक्ति पनि हुँ साथीहरूले मलाई बुझ्नु पनि भएको छ ।

भिजन २०–२० त विवादित देखिन्छ नि ?
भिजन २०–२० मा विवाद गर्नुपर्छ भन्ने छैन नत विरोध नै । विचार अगाडि ल्याएको हो । भिजन २०–२० ले विचार सबैको माझम ल्याउने काम गरेको हो । साथीहरूको बिचमा यसको बृहद छलफल हुनैपर्छ । र यसलाई कार्यान्वयन गर्नै हुन्न भन्ने पनि त छैन । साथीहरू सबै बसेर प्रजातान्त्रिक प्रक्रियाबाट छलफल गर्न सकिन्छ । चुनावको बेलामा एकपक्षले विरोध र एकपक्षले सर्पोट गरेकै हुन्छ । विरोध गर्नेहरुले समाधानको बाटो पनि निकाल्नु पर्छ अनि बल्ल विरोध गर्नुको औचित्य रहन्छ । भिजन २०–२० भन्दा राम्रो विचार कोही साथीहरूले ल्याउनु हुन्छ भने त्यसलाई पनि स्वागत गर्न सक्नु पर्दछ । होइन भने यसमाथि नै व्यापक छलफल गरेर निष्कर्ष निकाल्नु पर्छ । अहिले पारित गरेर भोलि सच्याउँदै लान पनि त सकिन्छ नि यो नै अन्तिम मान्नु हुँदैन् । परिमार्जन गराउँदै जान सकिन्छ । यसमा आत्तिनुपर्ने कुनै कुरा छैन ।

उपसंयोजकमा जित्छु भन्ने आधारहरु के के छन् त ?
मैले २००८ देखि नै एनआरएनए अमेरिकामा सक्रिय भूमिका निभाएको छु । महासचिव, वरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै दुई कार्यकाल सल्लाहकार पनि भइसकेको छु । एनआरएनए अमेरिकालाई लोकतान्त्रिक प्रक्रियाको बाटोमा मैले नै हिडाएको हुँ । इलेक्ट्रोनिक भोटिङ सिस्टम मेरै पहलमा गरिएको हो । पहिले टिके प्रथामा मनोनीत गर्नुपरेको थियो । इलेक्ट्रोनिक भोटिङ सिस्टम भएको भए पनि कार्यान्वयन गरिएको थिएन् । कसैको मुठीमा भएको संस्थालाई मुठी फुकाएर बाहिर फराकिलो बनाउनुपर्छ भनेर म नै लागेको हुँ । अहिले सम्म साथीहरूले मनैदेखि नै मेरो भूमिका महत्त्वपूर्ण रहेको भन्दै मूल्याङ्कन गर्नु भएको छ मलाई आसा छ साथीहरूले त्यो मूल्याङ्कन र बचन अहिले पूरा गर्नुहुनेछ । अहिले सम्म क्यानडाबाट गिरी बुढाथोकी भाइ र अमेरिकाबाट दिल श्रेष्ठ भाइ, शङ्कर खड्का भाइ र नवीन शेरचनजी र मैले उम्मेदवारीको घोषणा गरेका हौँ । मलाई आशा छ उहाँहरूले पनि मलाई बुझिदिनुहुनेछ । पहिलोपटक पनि मैले यस पदबाट बाहिरीनु परेको थियो । अहिले भने सबैले मूल्याङ्कन गर्नुहुनेछ भन्ने आसा छ । मलाई कुनै पार्टीको आर्शिवाद पनि छैन । सोचेको छु म सबैको साझा मान्छे हुँ । अनि हाम्रो एनआरएनए पनि सबैको साझा संस्था हो ।
छोड्नुपर्ने अवस्था आयो भने के गर्नुहुन्छ ?

म प्रजातान्त्रिक प्रक्रियाको सम्मन गर्छु । उम्मेदवारी दिनु भएका मेरा प्रतिश्प्रधी साथीहरूलाई पनि सम्मान गर्दछु । धेरै कुरा चुनावको अघिल्लो दिन हुन्छ । कसले छोड्ने र कसले लिने भन्ने त्यस्तो परिआएमा विचार परिवर्तन पनि गर्न सकिन्छ । साथीहरुबाट पनि त्यही आशा गर्दछु । संस्थामा लागेर यहाँसम्म आइपुग्दा मैले धेरै योगदान गरिसकेको छु जस्तो लाग्छ संस्थाका लागि । सबैको साझा संस्था बनाउनका लागि । यसमा क्यानडा, अमेरिका, चिली, ब्राजिलका साथीहरूले बुझिदिनु हुनेछ । सिनियरका हिसाबले पनि मैले नै मौका पाउनुपर्छ भन्ने मेरो सोचाइ हो ।

अबको एनआरएनए कस्तो बनाउनु पर्ला ?
सबै तह र तप्कालाई समेट्न सक्ने नेतृत्व आउनुपर्छ । एनआरएनएहरुले अब फराकिलो मन बनाएर सोच्नुपर्ने बेला आइसकेको छ । यो कुनै एक दुई व्यक्तिको संस्था बनिरहन सक्तैन् । यसलाई ४५ लाख नेपालीको ‘मेरो संस्था’ भन्ने भावनाको विकास गराउन नेतृत्व लाग्नुपर्छ । सबै अटाउने र पदमा बसेकाहरुलाई जिम्मेवारी दिनका लागि नेतृत्व हिचकिचाउनु हुन्न । काम गर्ने अधिकार र जिम्मेवारी बाँडफाँट गर्नुपर्छ । अध्यक्षले मात्र सबै गर्न सक्तैन् । त्यसैले आफूमाथिको भार साथीहरूमा पनि बाड्ने प्रयास नेतृत्वले गर्नुपर्दछ । सबै मिलेर संस्था बलियो बनाउनु नै हामी बलियो हुनु हो, हामी र हाम्रो विचार बलियो हुनु हो । हाम्रो विचार बलियो हुनु नै हाम्रो मातृभूमिको समृद्धि हुनु हो भनेर नेतृत्व लगायत ‘म’ एनआरएनए हुँ भन्ने साथीहरूले सोच्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू