अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

शान्ति सम्झौताका लागि जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

बिआरटीनेपाल २०७४ असोज २३ गते १८:५३ मा प्रकाशित

प्यालेस्टाईन र इजरायलका दसौँ हजार महिलाले दुई देशकाबीचमा शान्ति सम्झौताको माग गर्दै आइतबार जेरुसेलममा सडक प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झन्डै तीस हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् । ‘वमेन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको उनीहरूको आन्दोलनको पछिल्लो कार्यक्रम हो ।

उनीहरूले गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक कार्यक्रमहरू गर्दै आइरहेका छन् । दक्षिणी सहर स्डेरोटबाट सुरु भएको सो विशाल ¥यालीले विभिन्न ठाँउहरू पार गर्दै वेस्टव्याङ सम्म ढाकेको थियो । अल एक्सा मस्कोमा गत जुलाईमा एउटा आक्रमणमा परी छोरा गुमाएका अरबका पूर्व सांसद सकिब सानानले शान्ति सम्झौताको नजिक पुगिएको बताउनु भएको छ ।

वेमेन वेज पिस गत तीन वर्ष अगाडी स्थापना भएको हो । यस्ले इजरायल र प्यालेस्टाइनबीचको रक्तपातपूर्ण द्वन्द्व अन्त्यका लागि दुई देशकाबीचमा शान्ति सम्झौता गर्न माग गर्दै आइरहेको छ । यसमा झन्डै २४ हजार जना सदस्य रहेका छन् । उनीहरूले शान्ति सम्झौता नभएसम्म आफ्नो अभियानलाई नरोक्ने दाबी गरेका छन् । (रासस÷सिन्ह्वा) फोटो: jta.org

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू