अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

सन् फ्रान्सिस्को बे एरियाका नेपाली बिद्यार्थीलाई स्कूल ब्याग वितरण

बिआरटीनेपाल २०७४ असोज २३ गते ७:१६ मा प्रकाशित

लायन्स क्लब अफ बर्कली मकालु तथा वेस्टर्न सर्भिस वर्कर्स एसोसिएसनको सयुक्त आयोजनामा सन् फ्रान्सिस्को बे एरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई स्कूल ब्याग तथा फलफुल वितरण कार्यक्रम सम्पन भएको छ। उक्त कार्यक्रम कृयटिभ नेपाल युथ अर्गनाइजेशनले संचालन गर्दै आएको ” हाम्रो बिधालय ” अन्तर्गत अक्टोबर ८ मा  भएको नेपाली भाषा कक्षामा उपस्थित सम्पूर्ण नेपाली बाल बालिकाहरुलाई स्कुल ब्याग तथा फलफुल वितरण गरिएको हो।

बर्क्ली मकालुकी अध्यक्षा बिजया सुबेदी तन्डुकार र  वेस्टर्न सर्भिस वर्कर्स एसोसिएसनका तर्फबाट  स्वयम् सेवक तथा  म्यानेजर कोनोर रुबी , जेनिफर , ओलिभियाको पहलमा र क्रिएटिभ क्लबको सक्रियतामा उक्त कार्यक्रम आयोजना गरिएको हो जसमा ४२ जना बालबालिकाहरुलाई स्कुल ब्याग र ३२ जना जति अभिभावाक र बिद्यार्थीलाई फलफुलको ब्याग उपलब्ध गराइएको थियो।

कार्यक्रममा क्रिएटिभका अध्यक्ष सुबाश थापा कार्यक्रम संयोजक ध्रुव बस्याल, सचिव पुण्य सेर कार्की , प्रिती थापा ,तेज लिम्बु  डा टिका लमसाल लगायत अन्य अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।  २००९ मा स्थापना भएको यस क्रिएटिभ नेपाल युथ अर्गनाइजेसनले हालै हरेक महिनाको दोस्रो र चौथो आइतबार दिनको १-३ बजे सम्म अल्बनी सिनियर सेन्टरमा नेपाली कक्षा संचालन गर्दै आएको छ।

डा लम्सालले यस प्रकारको कार्यक्रमले अझ धेरै बाल बालबालिकाहरुलाई कक्षामा नियमित आउन उत्प्रेरित गराउने जानकारी गराउनु भयो।  क्लबको अध्यक्ष थापाले आउदो दिनहरुमा पनि सेवा मुलक कामहरु गर्दै समुदयमा सेवा पुर्याउननै यो सस्थाको स्थापना भएको जानकारी गराउनु भयो।  

बर्कली  मकालुकि अध्यक्षा बिजया सुबेदीको अनुसार यो लायन्स क्लबकै कार्यक्रम अनुसार गर्नु पर्ने बिबिध सेवा मुलक कार्यक्रममा बालबालिकालाई स्वास्थ, शिक्षा र पौष्टिक आहार बारे जानकारी गराउने र स्थानीय अन्य संघ सस्थासित हातेमालो गर्दै समुदायको हितको लागि सेवा पुर्याउन यो कार्यक्रम आयोजना गरेको जानकारी गराउनु भयो। आउदो दिनमा चाडैनै यी बालबालिकाहरुको आखा  जाच्ने समेत कार्यक्रम रहेको जानकारी गराउनु  भयो। साथै उनले उपस्थित सम्पूर्ण अभिभावक , लायन्सका सदस्यहरु र क्रिएटिभ का सदस्यहरुलाई आउदो दिनमा पनि यसरीनै हातेमालो गर्दै समुदायको हितको लागि काम आग्रह गर्दै सधै आफ्नो क्लबले साथ् र सहयोग गर्ने जानकारी गराउनु भयो।

बे एरियामा स्थापना भएका नेपाली लायन्स क्लबको संयुक्त आयोजनामा हरेक बर्ष रक्त दान , स्वस्थ सिबिर, बिबिध खेलकुद लगायत हालै सम्भवत पहिलो पल्ट नेपाली समुदाय माझ सक्कर लिगको समेत आयोजना भइ रहेको छ।  हाल यहाँ आठ वटा नेपाली समुदाय माझ लायन्स क्लबहरुको स्थापना भई समुदायमा सेवा पुर्याउदै आएको छ।

प्रतिक्रिया