अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

अमेरिका नेपाल सोसाइटी ( ANS ) को अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी

बिआरटीनेपाल २०७४ असोज २३ गते ३:२१ मा प्रकाशित

अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् । ८ तारिख आइतबारका दिन म्यारिल्याण्डको बेल्स्भिल स्थित वासिङ्टन डिसी यरियाको नेपाली मन्दिरमा सम्पन्न चुनावमा ६ सय ३९ मत प्राप्त गरि देउजा सन् १९६७ मा स्थापित अमेरिकाबासी नेपालीहरूको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाइटी ( ANS ) को अध्यक्ष पदमा बिजयी भएकी हुन् ।

आइतबार बिहान ८ बजे देखी बेलुकी ५ बजे सम्म चलेको मतदानबाट अध्यक्ष पदका अर्का उमेद्वार प्रेम पौडेलले ५ सय १५ मत प्राप्त गरि उप बिजयी बनेका छन ।

अध्यक्ष पदका लागि २ जनाको मात्र प्रतिस्पर्धा भएको चुनावमा प्रथम उपाध्यक्षमा प्रा बिष्णु घिमिरे ,द्वितीय उपाध्यक्षमा कृष्ण अधिकारी ,महासचिबमा सुदिप पोख्रेल निर्वाचित, सचिबमा अन्जना बुढाथोकी सापकोटा , कोषाध्यक्षमा शुभ शाक्य र संचार संयोजकमा निलु उप्रेती बिजयी भएका छन् ।

अमेरिका नेपाल सोसाइटी को निर्वाचन गराउन ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त ठाकुर पुडासैनी ९बिद्या वारिधि ० ,निर्वाचन आयुक्त न्यान्सी छेत्री , निर्वाचन आयुक्त माधवी बस्नेत कार्की , निर्वाचन आयुक्त निरन्जन अधिकारी तथा निर्वाचन आयुक्त इन्द्र श्रेष्ठ रहेका थिए ।

नेपालका लागी अमेरिकी राजदूत र युएस आर्मीका कर्नेल जस्ता अमेरिकाका विशिष्ट व्यक्तिहरूले आज भन्दा पचास वर्ष अघि १९६७ जनवरी १९ मा स्थापना गरेर बिस वर्ष सम्म अमेरिकनहरुले मात्रै चलाएको र अमेरिकी गुप्तचर संस्था सी आई ए को प्रमुख पनि अध्यक्ष भइसकेको नेपाली संस्था अमेरिका नेपाल सोसाइटी  नर्थ अमेरिका महादेशकै सबैभन्दा पहिलो नेपाली संस्था हो । 

 

 

 

 

तस्विर: सामाजिक संजाल

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू