अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

समुन्द्री आँधी नेट अमेरिकाको लुइजियानामा

बिआरटीनेपाल २०७४ असोज २२ गते ११:२४ मा प्रकाशित

समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित गरेको आँधीसम्बन्धी अमेरिकी निकाय अमेरिकी राष्ट्रिय समुन्द्री आँधी केन्द्रले बताएको छ । 

त्यसै गरी आँधी अमेरिकाको न्यू अर्लियन्सतर्फ लागेपछि उक्त क्षेत्रका बासिन्दालाई समुन्द्री आँधी नेटको प्रभाव नपुग्ने स्थानतर्फ जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

आँधीले १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ दिशा लिएपछि मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सूचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ ।

आँधीले ती क्षेत्रमा भीषण वर्षा र यसका कारण बाढी तथा डुवानको समस्या निम्त्याउने अनुमान गरिएको छ । सावधानीस्वरुप यो क्षेत्रका विभिन्न बन्दरगाह बन्द गरिएका छन् ।

यसअघि मध्य अमेरिकी देशमध्येको कोष्टा रिकामा नेट आँधीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ । 

यसैबिच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले श्रृंखलाबद्ध समुन्द्री आँधीबाट तहसनहस क्यारिबियन मुलुकहरुलाई थप सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

तर नेटको प्रभाव शनिवारको तुलनामा क्रमशः कम हुँदै गएको बताइएको छ । (रासस÷एपी) फोटो साभार: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू