अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

वुमेन इन कन्सर्ट २०१७ को सिनसिनाटीमा आज पहिलो प्रस्तुति

बिआरटीनेपाल २०७४ असोज २१ गते १२:५१ मा प्रकाशित

“वुमन इन कन्सर्ट युएस यात्रा २०१७ “का कलाकारहरू अमेरिका अक्टोबर ६ तारिख अमेरिका आई पुगेका छन् l कलाकारहरू न्युयोर्कको जेएफके विमानस्थल झरेका हुन् l विमानस्थलमा कलाकारहरूले हामी आई पुगेका छौ भन्दै अमेरिकामा रहने सबै नेपाली समुदायलाई कार्यक्रमको निम्तो दिएका छन् कलाकारहरूले उक्त जानकारी गराएका हुन् l

कलाकारहरू न्यु योर्कबाट पेनसेलभेनिया हुँदै सिनसिनाटी जाने कार्यकम रहेको छ l आज साँझ भुटनीज समुदाय सिनसिनाटीले आयोजना गर्ने छन् भने वुमेन इन कन्सर्ट २०१७ को पहिलो कार्यक्रम हुँदै छ l

आज सिनसिनाटी कार्यक्रम पछि सिनसिनाटी समेत गरेर अमेरिकाका ९ वटा सहर सेन्ट लुइस ,एट्लान्टा ,बोस्टन ,न्यु योर्क,वासिङ्टन डिसी ,बाल्टिमोर ,ड्यालस, ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् सङ्गीत मण्डली , कलाकार आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी सहितको साङ्गीतिक टोलीले अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l

अमेरिका विभिन्न राज्यमा हुने यो सङ्गीत कार्यक्रमको आयोजना भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्टले गर्ने छ भने ईनेप्लि सञ्चार सहयात्री रहेको छ l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा आज अक्टोबर ७, सेन्ट लुइसमा अक्टोबर ८, एट्लान्टामा अक्टोबर १५, बोस्टनमा अक्टोबर १७, न्युयोर्कमा अक्टोबर २०, वासिङ्टन डिसीमा अक्टोबर २१, बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने हुने छ l

यस वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान गर्ने महिलालाई न्युयोर्कमा सम्मान गरिने छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू