अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

भ्रष्टाचारी प्रवृत्ति नै देश विकासको बाधकः अध्यक्ष घले

बिआरटीनेपाल २०७४ असोज २१ गते १२:२८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) का अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताउनुभएको छ ।

विजय विकास स्रोत केन्द्र, गैँडाकोटको ३२औँ साधारणसभाको आज गँैडाकोटमा उद्घाटन गर्दै घलेले भूकम्पपीडितलाई सहयोग गर्न आफूले सुरु गरेको अभियानमा अवरोध पु¥याउने भ्रष्टाचारी प्रवृत्तिको अनुभव सुनाउनुभयो ।

विजय परिवारको कामबाट आफू प्रभावित बनेको बताउँदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्ति सामाजिक संस्थामा आबद्ध हुन नहुने विचार राख्नुभयो । आफ्नो सफलताको पूर्ण जस श्रीमती जमुना घलेलाई दिनुभएका शेषले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र सङ्गठन बनाएको दाबी गर्नुभयो ।

आफूले एनआरएनमा लागेर व्यवसायलाई समेत बिर्सिएको बताउँदै घलेले देश विकासका लागि युवा शक्तिलाई देशमा नै खपत गर्नुपर्ने बताउनुभयो ।

घलेले एनआरएन स्वदेशमा लगानी बढाउने भावनाका साथ अगाडि बढेको बताउनुभयो । घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाउँको विकासका लागि निकै भावनात्मक सम्बन्ध आफूसँग भए पनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गर्नुभयो ।

साथमा एनआरएनका प्रतिनिधि पनि सहभागी रहेका थिए । एनआरएनएका युरोप संयोजक दिल गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विजय परिवारको संक्षिप्त जानकारी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा विजय विकास स्रोत केन्द्रका अध्यक्ष वसन्तराज लम्सालले गराउनुभएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू