अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

कोरियामा दुई दिनमा तीन नेपालीको मृत्यु

बिआरटीनेपाल २०७४ असोज २१ गते ५:२६ मा प्रकाशित

दक्षिण कोरियामा २ दिनमा ३ नेपालीको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया पुगेका एक नेपालीले आत्माहत्या गरेको र अन्य दुई जनाको दुर्घटनामा ज्यान गएको प्रवासी मजदुर संगठन कोरियाका प्रचार प्रसार विभाग प्रमुख मधुसुदन ओझाले जानकारी दिनुभयो ।

गुल्मी घर भई बुटवलको नयाँगाउँ बस्दै आएका कमल कार्कीले गएको हप्ता आत्महत्या गरेका थिए । त्यसको भोलिपल्ट इछोनसिको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसीको औद्योगिक दुर्घटनामा परी ज्यान गएको हो । साथीले एक्कासी मेसिन चलाउँदा केसीको ज्यान गएको हो । गएको हप्ता नै गुल्मीका ऋषिराम भण्डारी कोरियामा मृत भेटिएको दूतावासले जनाएको छ ।

रोजगार अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि कोरिया जाने नेपालीको संख्या बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या पनि वृद्धि भएको छ । आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या बढी छ । सन् २०१७ मा अहिलेसम्म आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ । सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ । कोरियामा कठिन काम र डिप्रेसनका कारण नेपालीले आत्माहत्या गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू