अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

विद्यालय निर्माणका लागि नेपाली समाज टेक्सासले नौ लाख सहयोग

बिआरटीनेपाल २०७४ असोज २१ गते ०:१५ मा प्रकाशित

टेक्ससमा रहेको नेपालीको संस्था नेपाली समाज टेक्सास (यनएसटि)ले झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि रु नौ लाख सहयोग गरेको छ । समाजका सभापति कृष्ण लामिछानेले शुक्रवार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । 

रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले विद्यालयमा भवन अभाव भएर विद्यार्थीलाई समस्या भएको थाहा पाएपछि आफूहरूले सहयोग प्रदान गरेको बताएका छन । उक्त सहयोग कार्यक्रममा कमल सापकोटा, प्रमोद सिटौला, कमल सत्याल, हरीबोल भण्डारीको पनि उपस्थिति थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू