अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

हेमन्त शर्मा र रिमा गुरुङको प्रस्तुतीमा झुम्दै डेनभरको ‘दशैं-तिहार साँझ’

बिआरटीनेपाल २०७४ असोज २० गते १३:०६ मा प्रकाशित

हिन्दुहरुको महत्वपुर्ण बिषेश पर्व दशैं तिहारको रौनक प्रवासमा रहने नेपालीहरुमा पनि छाउने गर्दछ । खाष गरि बिषेश पर्व र उत्सवमा देश बाहिर रहेका नेपालीहरुले बिभिन्न कार्यक्रमको आयोजना सहित आफ्नो संस्कृतिलाई मनाउने गर्छन् । यसै अवसरमा अमेरिकाको डेनभरमा पनि दशैं तिहार साँझको आयोजना गरिएको छ । भोली अर्थात शनिवार गायक हेमन्त शर्मा संगै स्थानिय कलाकार र गायिक रिमा गुरुङको सांगितीक प्रस्तुतीका साथ दशैं तिहार साँझ हुने भएको हो ।

रक्की माउण्टेन फ्रेण्डस् अफ नेपालको आयोजनामा हुन लागेको यो साँगितीक साँझमा गायक हेमन्त शर्माले आफ्ना थुप्रै लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् भने साथमा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।

कार्यक्रमको अर्को आकर्षणका रुपमा लगिदे लगिदे खवर यो ,कसको आँखा लाग्यो बरै, एक्लै हिँड्दा हिँड्दै बाटोमा, फर्केर लिन आएनौ, मरिदेउ भन बरु, चिसो चिसो लगायतका थुप्रै गीतहरुकी गायिक रिमा गुरुङको प्रस्तुती रहने छ ।

आफ्नो मौलिक संस्कृतिको जगेर्ना, आपसी आत्मियता साटासाट र शुभकामना आदान प्रधानको माध्यमका रुपमा हेरिएको यो कार्यक्रममा उपस्थित हुनका लागि आयोजक संस्थाले सबैलाई अनुरोध पनि गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू