अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

बाजुरामा दोस्रो गिरिजाप्रसाद कप फुटबल शुरु

बिआरटीनेपाल २०७४ असोज २० गते ८:३२ मा प्रकाशित

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा दोस्रो गिरिजाप्रसाद कप फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको आयोजकले जनाएका छन् । तत्कालीन नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको गिरिजाप्रसाद युवा फोरमका अध्यक्ष दिलीप थापाले बताउनुभयो ।

जिल्लाको उत्तरी भेगको जनप्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको कप प्रतियोगितामा जिल्लाकै ठूलो धनराशी भएको फुटबल प्रतियोगितामा २० टिमको सहभागिता रहेको गिरिजाप्रसाद युवा फोरमका सचिव राजेन्द्र जोशीले जानकारी दिँदै गिरिजाप्रसाद कप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख ११ हजार १११ सहित प्रमाण र पदक, द्वितीय हुनेलाई रु ६६ हजार ६६६ र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

बिहीबार कपको उद्घाटन गरिएपनि आज बिहान ७ः०० बजेदेखि लिग चरणका खेल सञ्चालन हुने आयोजकले जनाएका छन् । गिरिजाप्रसाद कप फुटबल प्रतियोगितामा डोटी, बझाङ, अछामलगायत जिल्लाका खेलाडीको सहभागिता रहेको सचिव जोशीले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू