अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

चुनाव लड्न भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिए राजिनामा

बिआरटीनेपाल २०७४ असोज २० गते ४:२२ मा प्रकाशित

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन् । सामाजिक जीवनमा फर्कन मन भएको भन्दै राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् ।

राजनीतिमा फर्कनको लागि राजिनामा दिएका राजदूत उपाध्यायको राजिनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनि औपचारिक रुपमा राजदुत पदबाट अलग रहने छन् ।

उपाध्यायले दुई पटक गरी भारतका लागि नेपाली राजदूत भएर काम गरिसेका छन् । उपाध्याय प्रतिनिधि सभाको चुनावमा कपिलवस्तुबाट चुनाव लड्ने तयारीमा छन् ।

पहिलो पटक सुशील कोइराला नेतृत्वको सरकारले उपाध्यायलाई भारतको राजदूत बनाएको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतले सरकारलाई असहयोग गरेको भन्दै फिर्ता बोलाएको थियो । ओली लगत्तै प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भने पुन उपाध्यायलाई नै राजदूत नियुक्त गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू