अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

बाल कलाकार काजल नेपालीको निधन

बिआरटीनेपाल २०७४ असोज २० गते २:३३ मा प्रकाशित

बाल कलाकार काजल नेपालीले हिजो यो संसारबाट सदाका लागि विदा लिएकी छन् । उनको विहिबार राती अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा मृत्यु भएको हो ।

नेपाली गीत सङ्गीतमा बाल कलाकारको रुपमा अभिनय गर्दै आएकी बाल कलाकार काजल नेपाली सिकिस्त बिरामी भइ अस्पताल भर्ना भएकी थिइन । २०६८ साल देखी म्युजिक भिडियोहरुमा अभिनय यात्रा शुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्याल को गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन ।

आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हासेर लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखी फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन ।
बिजया दशमीको दिन कान्ती बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछी त्यहाँ आई. सि.यु. बेड खाली नभएपछी अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा लगि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो जहाँ उनको विहिबार राती मृत्यु भएको छ ।

काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवम् लोकप्रिय लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन ।

प्रतिक्रिया