अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

‘नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका’को पुरस्कारका लागि आवेदन खुला 

बिआरटीनेपाल २०७४ असोज १९ गते २१:१४ मा प्रकाशित
अमेरिका विभिन्न राज्यमा बिबिध कार्यक्रमको आयोजना गर्दै आएको व्यवसायिक संस्था भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट नामक संस्थाले नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका नामक पुरस्कार दिने घोषणा गरेको छ l 
 
र आवेदन पत्र खुला गर्दै आबेदन पत्र भर्न समेत आग्रह गरेको छ l बिशेष त अमेरिकामा रही नेपाली समुदायमा उल्लेखनीय योगदान तथा राम्रो काम गरेका  महिलालाई छनौट गरि बिशेष पुरस्कार को व्यवस्था गरेको छ l 
 
थ्रीई इन्टरटेनमेन्ट महिला संयोजक समुहले मनोनयन तथा प्रकिया हेर्ने छन् भने उक्त कार्यक्रममा भाग लिन चाहना राख्नेले आगामी अक्टोबर १२ तारिख बेलुका ५ बजे सम्म  निबेदन दिई सक्नु पर्ने छ l 
 
साथै अमेरिकामा संचालित तथा स्थापित भएका संघ /संस्था ले बिशेष योगदान गर्ने महिला लाई सिफारिस गर्न सकिने छ l र साथै सो मिति अगाडी आवेदन भर्न अनुरोध समेत गरेको छ l 
 
र थ्रीई इन्टरटेनमेन्ट  महिला संयोजक समुहले प्राप्त भएका आवेदक मध्येका बाट योग्यता भएका र योगदान पुर्याएकालाई अन्तिम सुची जारि गर्ने छ l तर अन्तिम नाम तय भए पछि अन्तिम प्रतिस्प्रद्धि को सुची सहित उनीहरुको बिबरण सामाजिक संजालमा मतदान को लागि पठाइने छ l 
 
सामाजिक संजालको मत तथा निर्णायकहरुको मत बाट अन्तिम ५ औ प्रतिस्प्रद्धिको छनौट हुने छ l सम्मान कार्यक्रम न्युयोर्कमा अक्टोबर २० तारिखमा गरिने छ l  यसको लागि बिस्तृत जानकारी को लागि “3ewomenoftheyear@gmail.com मा पठाउन सक्नु हुने छ  l
प्रतिक्रिया