अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

पाकिस्तानी धार्मिकस्थलमा आत्मघाती आक्रमण, तेह्र जनाको मृत्यु

बिआरटीनेपाल २०७४ असोज १९ गते ११:१७ मा प्रकाशित

पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुश्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । घटनामा २० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

बोलिचिस्तानको गान्दवा क्षेत्रको झाल माग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्र हो । मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जीद परिसरमा पस्न रोकेपछि एक मस्जीद बाहिरै विस्पोट गराउँदा प्रार्थनाका लागि मस्जीद हिँडिरहेका र प्रार्थना गरी फर्कदै गरेका १३ जना गाउँलेहरूको मृत्यु भएको र २० जना घाइते भएको, स्थानीय वरिष्ठ सरकारी अधिकारी असाद ककारले एएफ्पीलाई बताउनुभयो । (रासस÷एएफ्पी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू