अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

नायिका करिश्मा मानन्धर ग्रामिण भेगका बिद्यालयका लागि दशैं दक्षिणा उठाउँदै

बिआरटीनेपाल २०७४ असोज १९ गते ५:५८ मा प्रकाशित

नेपाली सिने क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धरले दशैमा आफुले कमाएको सबै दक्षिणा सामाजिक कार्यमा लगाउने भएकी छन् ।सुरु गरेकी करिस्माले ग्रामिण भेगका विद्यालयको स्तर उन्नतीका लागि दशैको दक्षिणा संकलन अभियान सुरु गरेको आफ्नो फेसबुक मार्फत जानकारी गराएकी हुन् ।

सकारात्मक कार्यका लागि केही रकम संकलन अभियान थालेकी करिश्माले फेसबुकमा लेखेकी छिन ‘यो एउटा अभियान सुरु गर्ने कोशिस गरिरहेको छु, आफ्नो दक्षिणाबाट । हरेकले दक्षिणा दिनु पर्छ भन्ने छैन तर दिनेले थोरै दिएपनि दिए पुग्छ । देश विकासको लागि साक्षरता जरुरी छ । परिवर्तनका लागि परिवर्तन ।’

प्रतिक्रिया