अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 11:55

कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नै गृहजिल्लामा टिकट पाएनन्

बिआरटीनेपाल २०७४ असोज १९ गते ५:२७ मा प्रकाशित

कांग्रेस सभापति लगायत अन्य पार्टीका शीर्ष नेताहरु प्रतिनिधिसभाको निर्वाचनका लागि सर्वसम्मत रुपमा सिफारिस भैरहेका बेला शीर्ष नेता रामचन्द्र पौडेल भने आफ्नै गृह जिल्लाबाट सर्वसम्मत हुन सकेनन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका नेता पौडेललाई पूर्व सहमहामन्त्री समेत रहेका कांग्रस नेता गोविन्दराज जोशीले त चुनौति नै दिँदै आफूले टिकट नपाएको खण्डमा पौडेल कम्पनी नै ध्वस्त बनाइदिने चेतावनी समेत दिएका छन् ।

कांग्रेस तनहुँको बुधबारको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट पौडेलसहित केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र महिला संघकी पूर्व सभापति शशी आचार्यको नाम केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू