अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

नेकपा संयुक्त पनि वाम एकतामा सहभागी हुने

बिआरटीनेपाल २०७४ असोज १९ गते ५:२० मा प्रकाशित

पार्टी एकताको चर्चा देशभर भै रहेको बेला नेकपा संयुक्त पनि वाम एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । व्यवस्थापिका–संसदमा तीन जना सांसद छन र देउवा सरकारमा समेत सहभागी रहेको नेकपा संयुक्तले पोलिटब्यूरो बैठकबाट वाम एकता प्रक्रियामा सहभागी हुने गरेको हो ।

पार्टी अध्यक्ष गणेश साह नेपाल बाहिर रहेकोले केदार शर्माको अध्यक्षतमा बसेको पोलिटब्यूरो बैठकले एकताको बहस र प्रक्रियामा सहभासगी हुने, आगामी केन्द्र र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह गोलघेरभित्रको हँसिया हथौडा चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको पोलिटव्यूरो सदस्य पदमराज जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू